एथलेटिक्सका सहायक प्रशिक्षक राईको निधन

 पोखरा । सल्यान जिल्ला खेलकूद विकास समितिअन्तर्गत एथलेटिक्सका सहायक प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित ५२ वर्षीय राईको सोमबार राति भक्तपुरस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो ।

प्रशिक्षक राईको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए। उनि गतवर्ष चैतमा उपचारका लागि सल्यानबाट काठमाडौँ आएका थिए  । राई २०५२ सालमा एथलेटिक्सको सहायक प्रशिक्षकका रुपमा सल्यानमा नियुक्त भएका थिए ।

गत वैशाख अन्तिम साता काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया गरिएको सचिव विष्टले बताए  । “सङ्घकै पहलमा राईको उपचारका लागि हामीले केही रकम सहयोग जुटाएका थियौँ”, उनले भने । प्रशिक्षक राईलाई जेठको पहिलो सातादेखि काठमाडौंँ क्यान्सर सेन्टरमा भर्ना गरिएको थियो ।

सल्यानमा निरन्तर प्रशिक्षणमा संलग्न राईले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुभएको सङ्घका सचिव विष्टले बताए  । राईका एक छोरा, एक छोरी र श्रीमती छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close