२० औँ माछापुच्छ्रे फुल कन्ट्याक्ट एवम दोस्रो क्योकुसिन कराते सम्पन्न

पोखरा स्पोर्टस । २० औँ माछापुच्छ्रे फुल कन्ट्याक्ट कराते तथा दोस्रो गण्डकी प्रदेश स्तरीय क्योकुशिन कान कराते प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा रंगशालामा सम्पन्न प्रतियोगिता अन्तर्गत यो वर्ष काता, दौड, फिजिकल र डेमोस्टेसनमात्र प्रस्तुत गरिएको थियो । अघिल्ला वर्षहरुमा पोखरा १७ ढुङ्गेसाघुमा हुने उक्त प्रतियोगिता कोरोना कहरको विचमा पोखरा रंगशालामा आयोजना गरेको संघका अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको सिनियर ब्ल्याक बेल्ट लेभलको एकल पुरुष तर्फ विनोद नेगि पहिलो, सम्राट सेन दोस्रो तथा महिला तर्फ संगम कुमाल पहिलो र प्रिज्मा कुमाल दोस्रो भएका थिए । उनीहरुले ब्लयाक बेल्टको परिक्षा गर्नुपर्ने काता प्रदर्शन गरेका थिए । समुह महिला काता प्रतियोगिता तर्फ संगम कुमाल, निर्मला क्षेत्री र सदीक्षा कुमाल प्रथम, दोस्रो प्रिज्मा कुमाल, सुविना क्षेत्री र ममता छन्त्यालको टोली भयो ।

पुरुष ३ किलोमिटर दौड प्रतियोगितामा सुनिल सिग्देल पहिलो र सितल कुमाल दोस्रो भए । महिला तर्फको दौडमा संगम कुमाल पहिलो र सदिक्षा कुमाल दोस्रो हुन पुगिन् । १२ वर्ष मुनिका एक सय मिटर दौडमा सोभित प्रत्यल प्रथम भए । सुशान्त श्रेष्ठ दोस्रो हुन पुगे । सोहि विधाका महिला तर्फ भने सुआना श्रेष्ठ पहिलो तथा युइशा श्रेष्ठ दोस्रो हुन पुगिन् ।

यस भन्दा अघिका २९ औँ माछापुच्छ्रे फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्म प्रतियोगिताम फाइट गराइए पनि अहिले केही फरक गरेर प्रतियोगित गरिएको हो । लकडाउनको कारण खेलाडी शारिरिक रुपमा बलियो भएको कारण दौड, काता लगायतका विद्याको प्रतियोगिताको आयोजना गरिएको संघका सल्लाहाकार दिपक गोदारले जानकरी दिए । उनीहरु सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतियोगिताका विभिन्न विद्यामा सय जना खेलाडी सहभागी भएका थिए । म्याग्दी, स्याङ्जा, तनँहु, गोर्खा, कास्की बाग्लुङ लगायतका जिल्लाका खेलाडी प्रतियोगितामा सहभागी भएका थिए ।

यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सांसद राजिव गुरुङले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close