कराँतेका आर्यन सम्मानित

काठमाडौं सम्वाददाता । कराते खेलाडी आर्यन रन्जित बिहीबार नगदसहित सम्मानित भएका छन् ।

कोरियन अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा स्वर्ण जितेवापत आर्यनलाई नेपाल सुरिकेन सोरिनरियो कराते संघका कार्यवाहक अध्यक्ष किसनराज सिंहले व्यक्तिगत १ लाख नगदसहित सम्मान गरेका हुन् ।

गत डिसेम्बर २७ तारिखमा भएको प्रतियोगिताको पुरुष ११ वर्षको कुमुतेमा आर्यनले स्वर्ण जितेको प्रमुख प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् । कार्यवाहक अध्यक्ष सिंहले आर्यनलाई १ लाख रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close