२२ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते ढुङ्गे साँघुमा

पोखरा स्पोर्टस । नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराते संघ कास्कीको आयोजनामा माघ १ गते ढुङ्गे साँघुको मेलामा “२२ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते तथा सुवदार मेजर धन बहादुर गुरुङ स्मृती कप २०७७” हुने भएको छ ।

सो प्रतियोगिता बारे जानकारी दिंदै नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराते संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर नेपालीले प्रतियोगितामा ३४ जना महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाउने भएका हुन ।

करिव ८ लाख खर्च लाग्ने प्रतियोगितामा २० वर्ष मुनीका ८ जना जुनियर, महिला खुल्ला तौलतर्फ १० जना र पुरुष खुल्ला तौल तर्फ १६ जना खेलाडीको सहभागिता रहने संघका संरक्षक शिव बहादुर गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close