
पोखरा स्पोर्टस । नेपाल क्योकूशिन–कान कराते संघ कास्कीको आयोजनामा माघ १ गते पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय “२० औं माछापुच्छ्रे तथा दोश्रो क्योकूशिन कराते च्याम्पियनशिप” हुने भएको छ ।
सो प्रतियोगिता बारे जानकारी दिंदै क्योकूशिन–कान करातेका प्रशिक्षक दिपक गोदारले प्रतियोगितामा ७ जिल्लाका १ सय जना खेलाडी सहभागिता जनाउने भएका हुन । माघे सक्रान्तीको अवसरमा हरेक वर्ष ढुङ्गे साँघुको मेलामा हुँदै आएको प्रतियोगिता यस पटक कोभिड १९ का कारण पोखरा रंगशालाको कभर्डहलमा आयोजना गरिएको प्राविधिक संयोजक लक्ष्मण कुंवरले जानकारी दिएका छन ।
गोरखा, कास्की, पर्वत म्याग्दी, वागलुङ्ग, तनहुँ र स्याङजाका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा वेल्ट क्याटोगरी अनुसार काता तथा फिजिकल ट्रेनिङ टिम इभेन्टमा प्रतिष्पर्धा हुने प्रशिक्षक गोदारले पोखरा स्पोर्टसलाई बताए । करिव ४ लाख खर्च लाग्ने प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद र पोखरा महानगर पालिकाले सहयोग गर्ने भएका छन ।