वर्ष पुरुष उत्कृष्ट खेलाडीमा मण्डेकाजी र महिलामा गौरिकालाई उपाधी

पोखरा स्पोर्टस । १७ औं सस्करणको वर्ष पुरुष उत्कृष्ट खेलाडीमा करातेका मण्डेकाजी श्रेष्ठ र वर्ष उत्कृष्ट महिला खेलाडीको उपाधी पौडीकी गौरिका सिंहले जितेकी छन ।

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित भव्य कार्यक्रममा आफ्ना प्रतिष्पर्धीहरुलाई उछिन्दै पुरुष तर्फको क्याटोगरीको वर्ष उत्कृष्ट खेलाडीका रुपमा मण्डेकाजी र महिला तर्फ गौरिका घोषित भएका हुन ।

मण्डेकाजीले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा २ वटा स्वर्ण एकैदिन जित्दै नयाँ रेकर्ड कायम गरेका थिए भने गौरिकाले पौडीमा ऐतिहासिक ४ स्वर्ण सहित कुल ९ पदक जितेकी थिइन । अवार्ड सँगै उनीहरुले पल्सर वाइक समेत प्राप्त गरेका छन ।

कोभिड १९ का विच सेमी भर्चुअलका रुपमा आयोजित स्पोर्टस अवार्डको सर्वाधिक चर्चा वटुलेको पिपल्स च्वाइस अवार्डको उपाधी नेपाली भलिवल टिमकी कप्तान अरुणा शाहीले जितेकी छन । त्यस्तै यूवा उत्कृष्ट खेलाडीमा गल्फका सुभाष तामाङले उपाधी प्राप्त गर्न सफल रहे भने उत्कृष्ट प्रशिक्षकको उपाधी तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले हात पारेका छन । यस पटक स्पेसियल अवार्डको उपाधी तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले प्राप्त गर्न सफल भएका छन ।

यसै गरि अवार्ड कार्यक्रममा पारा एथ्लेटिक्सका दिगम सिंह चेम्जोङलाई सम्मान गरिएको छ भने महिला भलिवल टिम वर्ष उत्कृष्ट टिमका रुपमा घोषित भएको छ । समारोहमा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट गिता क्षेत्री र सिजरिन शाह सम्मानित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close