पोखराको पर्यटन प्रवर्द्धनका लागि माघको २३ गतेबाट गल्फ प्रतियोगिता

पोखरा स्पोर्टस । नेपालको पर्यटनको प्रवर्द्धनका लागि बाह्रखरी मिडियाले आयोजना गर्दै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’ यो वर्ष पोखरामा हुने भएको छ ।

एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म चौथो सस्करणको ‘एनसेल बाह्रखरी गल्फ’ प्रतियोगिता यो पटक पोखरामा आयोजना गरिन लागिएको मंगलबार एक पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा गल्फ प्रतियोगिताका आयोजक संस्था बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएका हुन । ‘एनसेल बाह्रखरी गल्फ’ प्रतियोगिताले कोभिड १९ महामारीका कारण समस्यामा रहेको पोखराको पर्यटनलाई सकारात्मक प्रभाव पार्ने उनले जनाए ।

पोखरामा हुने प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि समेत पोखरा आउने भएको आयोजकले जनाएको छ ।

नेपालको गल्फ खेलका लागि गन्तव्यको रुपमा रहेको हिमालयन गल्फ कोर्समा माघ २४ गते शुरु हुने प्रतियोगितामा ७२ जना कर्पोरेट गल्फरले १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने अन्य विजयी खेलाडीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ । साथै पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानका लागि विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते पोखराको हलनचोकदेखि हिमालयन गल्फ कोर्स विजयपुर मझेरीपाटन सम्म साइकल ¥याली आयोजना गरिने भएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close