
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जिवनराम श्रेष्ठलाई पितृ शोक परेको छ ।
अध्यक्ष श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको मंगलवार विहान ३ बजे ९३ वर्षको उमेरमा निधन भएको हो । उहाँको दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।