
काठमाडौ सम्वाददाता । राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रचार शाखामा कार्यरत कर्मचारी चन्द्र प्रसाद पौडेललाई प्रचार प्रसार शाखा कर्मचारी परिवारले बिदाई गरेका छन् ।
सेवा निबृत्त हुन लागेका पौडेललाई शाखा प्रमुख दुर्गा प्रसाद दुलालले कदर पत्र प्रदान गर्दै बिदाई गरेका हुन् । राखेपबाट विदाई हुँदै गरेका पौडेल बिगत ३३ बर्ष देखि अनवरत रुपमा राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारी पौडेल करारमा कार्यरत थिए ।
३३ बर्षको सेवामा कति सदस्य सचिव आए कति बरिष्ठ कर्मचारी सेवा निवृत भए तर उनको स्थाई भएर परिवारका लागि केहि सहयोग पु¥याउने सपना भने सपनामानै समाप्त हुने भएको छ । । “एक स्थाई कर्मचारी सेवा निबृत्त हुँदा ठुलो धनरासी लिएर बिदा हुन्छन, तर यती लामो समय सम्म परिषद्लाई सेवा गरेका पौडेल खाली हात बिदाई हुँदैगर्दा आफूहरुलाई समेत पिडा महशुस भएको छ”, कर्मचारीहरुले भनेका छन ।
राखेप प्रचार शाखाका अन्य कर्मचारीहरुले पौडेललाई मायाको चिनो सहित खादा ओडाएर सम्मानका साथ बिदाई गरे । पौडेल माघ १ गते देखि अवकास प्राप्त गर्दैछन् ।