सहारा एकेडेमीका बालकहरुलाई जापानबाट सहयोग

पोखरा स्पोर्टस । सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीमा आश्रित बालकहरुलाई जापानबाट सहयोग प्राप्त भएको छ ।

जापानको एनपिओ गोजो हिरोकी आइकिडा समुह (NPO GOJO Hiroki Ikeda Group) ले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई सहयोग गरेको हो । उक्त संस्थाले एकेडेमीमा आश्रित बालकहरुलाई ४६ सेट जर्शी र २३ थान टिशर्ट दिएर सहयोग गरेको एकेडेमीका संयोजक विश्वराज बरालले पोखरा स्पोर्टसलाई बताए ।

कोभिड–१९ का कारण संस्थाका व्यक्तिहरु उपस्थित हुन नसके पनि संस्थाका तर्फबाट रोशन तुलाधरले प्राप्त सामाग्री सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका थिए । उक्त संस्थाले गत वर्ष समेत सहयोग गरेको अध्यक्ष थापाले जानकारी दिए । उनले भने–“यो संस्थाले यो दोश्रो पटक जापानबाट एकेडेमीलाई सहयोग प्राप्त भएको छ संस्थाको तर्फबाट म एनपिओ गोजो हिरोकी आइकिडा समुहलाई आभार व्यक्त गर्न चाहन्छु ।”

पोखरा १७ स्थित सहारा एकेडेमीमा हाल विभिन्न जिल्लाका कठिन परिस्थितीका २५ जना बालकहरु अध्ययन सँगै फुटबल प्रशिक्षण लिइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close