खोई त हामीलाई हक्की खेल्ने ठाउँ सदस्य सचिब ज्यू ?

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका हक्की खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल सँग हक्कीका लागि पूर्वाद्धारको माग गरेका छन ।

पोखरा आएका सदस्य सचिब सिलवाल सँग भेट गरि उनीहरुले यस्तो माग गरेका हुन । उनीहरुले गण्डकी प्रदेश हक्कीका लागि उत्कृष्ट रहेको तर पूर्वाद्धारका लागि पहल नहुँदा दुःख लागेको बताए । उनीहरुले सवै खेलकुदको पूर्वाद्धार निर्माण हुने तर हक्कीका लागि खोई भन्दै प्रश्न समेत गरे ।

कोभिड पछि सहाना प्रधान स्मृती हक्कीका लागि प्रशिक्षणमा व्यस्त रहेको महिला टिमका खेलाडी र पुरुष टिमले समेत पोखरा रंगशालामा सदस्य सचिब सँग भेट गरि हक्कीको पूर्वाद्धार निर्माणका लागि यथासिघ्र पहल गर्न आग्रह समेत गरे । सदस्य सचिब सिलवालले पूर्वाद्धारका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिंदै अहिले जे जस्तो अवस्थामा भए पनि पोखरा रंगशाला भित्रै आफ्नो प्रशिक्षण जारि राख्न खेलाडीलाई आग्रह गरे ।

केही समय भित्र आयोजना हुने प्रतियोगिताका लागि गण्डकी प्रदेशको हक्की टिम प्रशिक्षणका लागि व्यस्त रहेपनि पूर्वाद्धार अभावले विगतको शाख कतै गुम्ने हो की भन्ने चिन्तामा खेलाडीहरु रहेका छन । एशियाली हक्की महासंघले नेपाललाई सहयोग गर्ने भनेको प्लेइङ म्याट समेत जग्गाको अभावमा नेपाल भित्रिन सकेको छैन । यता नवलपुर स्थित गैडाकोट नगरपालिकाले अन्तर्राष्ट्रियस्तरको हक्की खेल मैदान निर्माण गर्ने भन्दै राखेपलाई पत्राचार समेत गरिसकेको छ ।

१ प्रतिक्रिया

  1. Hi sir /madam
    I am chand sood former player of gangki anchel.
    I am deeply hurt to find out ours present situation of hockey in ours state is in poor condition. But on the same time it’s looks very encouraging that ours youngsters(boys and girls)are taking lots of Interest in hockey.
    But how can we expect to compete ours players with neighbouring States and even neighbouring countries when ours players haven’t got their permanent hockey.
    At this present days when whole world of suffering from deadly virus even medical specialist are urging to the whole world to engage with more and more physical activities.
    In the end may I take this opportunity to request to ours sports Council take this matter very seriously.
    With thanks
    Chand sood
    Jai nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close