कोभिड पछि फुटबलका गतिविधी शुरु हुँदै पोखरामा

पोखरा स्पोर्टस । कोभिड–१९ को महामारीको करिव १० महिना पछि पोखरामा फुटवल खेलका गतिविधी शुरु हुन थालेका छन ।

यसै विच शनिवार पोखरा २५ हेम्जामा एक मैत्रपूर्ण फुटबल प्रतियोगितामा स्थानिय दुई क्लव मैदानमा भिडेका हुन । फुटबलका लागि उर्वरा भूमी समेत रहेको विष्णु पादुका र हेम्जा युनाइटेडले शनिवार मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै कोभिड पछिको फुटबल अभियानको आगाज गरे ।

मैत्रीपूर्ण फुटबल खेलमा विष्णु पादुकाले हेम्जा युनाइटेडलाई ४–१ गोलले पराजित गर्दै आफ्नो पक्षमा पारेको कास्की जिल्ला फुटबल संघका महासचिब रमेश कार्कीले जानकारी दिए । हेम्जा स्थित गैरी खेल मैदानमा भएको फुटबलमा विष्णु पादुकाका लागि अशोक नेपाली, सुजन तामाङ, विशाल सुनार र मनोज कार्कीले गोल गरेका थिए भने युनाइटेडका लागि सान्त्वना गोल कृष्ण खड्काले फर्काए ।

गत वर्ष राष्ट्रिय खेलकुद परिषदले १३ औं दाक्षिण एशियाली खेलकुद (साग)का लागि तयार गरेको उक्त खेल मैदानमा कोभिडका कारण कुनै प्रतियोगिता हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close