नेपाल हवाई खेलकुदलाई विच भलिवलको उपाधी

पोखरा स्पोर्टस । २२ औं पोखरा सडक महोत्सव सम्पन्न विच भलिबलको उपाधी नेपाल हवाई खेलकुद संस्था (ना) ले जितेको छ ।

रेष्टुरेन्ट एण्ड बार एसोसियसन पोखरा (रेवान) पोखराले आर्कषणको रुपमा पहिलो पटक आयोजना गरेको विच भलिवलमा ना ले उपाधी जितेको हो । उपधीका लागि भएको भिडन्तमा नाले सामुदायिक सेवा केन्द्र वैदामलाई पराजित गर्दै उपाधी सहित नगद १५ हजार प्राप्त गरेको छ ।

प्रतिष्पर्धात्मक रुपमा सम्पन्न फाइनलमा ना ले सामुदायिक सेवा केन्द्रलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरेको थियो । उपविजेता वन्न सफल सामुदायिक केन्द्रले नगद ८ हजारका साथमा ट्रफी प्राप्त गरेको विच भलिवल प्रतियोगिता संयोजक कृष्ण काफ्लेले बताए ।

प्रतियोगितामा पोखरामा रहेका १३ पर्यटन व्यवसायी सम्वद्ध संस्थाले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close