अरुणा भन्छिन–“भलिबल मेरा लागि गर्वको विषय”

"सवैलाई धेरै भन्दा धेरै भोटिङ गर्न आग्रह गर्छु"-भिडियो सहित

पोखरा स्पोर्टस । नेपाली महिला भलिवलकी राष्ट्रिय टिम कप्तान अरुणा शाहीले भलिवल आफ्ना लागि गौरवको विषय भएको बताएकी छन ।

“सवैलाई धेरै भन्दा धेरै भोटिङ गर्न आग्रह गर्छु”

खेलकुद पत्रकार मञ्च (एनएसजेफ) पिपल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेकी अरुणाले पोखरा स्पोर्टस संगको कुराकानीमा उक्त कुरा बताएकी हुन । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा जन्मिएकी उनले सफलताका लागि कठिन परिश्रम र मेहनतले आफूले जिवनमा सफलता हात लागेको बताइन । उनले भनिन–“आफू जस्तो ठाउँमा जन्मिए पनि ‘हार्ड वर्क’ र ‘डेडिकेशन’ जिवनमा महत्वपूर्ण रहेछ भन्ने वुझें ।”

१३ वर्षको उमेरबाटै गाउँका दिदी र दाईहरु संग भलिवल खेलमा रमाउन पुगेकी अरुणाले पछि फर्किएर हेनु परेको छैन । वुवा कुविर शाही र आमा कमला शाहीको कोखबाट २०५१ सालमा जन्मिएकी उनी २०६४ सालबाट नै गण्डकीबाट क्षेत्रिय र राष्ट्रियस्तरका प्रतियोगिताबाट खेल्न थालेकी हुन । २०६४ सालमा पोखराको ज्ञानुबाबा वोर्डिङमा ९ कक्षा पढ्दाबाटनै उनले भलिवल प्रशिक्षक कौशिला खत्रीबाट भलिवलमा थप निखारिने मौका पाइन । क्षेत्रिय वा राष्ट्रिय टिमबाट खेल्दा संधै अलराउण्डरको भुमिकामा देखा पर्ने उनी १३ औं सागमा भने उनी लिफ्टरको भूमिकामा मैदानमा देखापरिन ।

२०६४ मा नेपाली महिला भलिवलको केन्द्र जस्तै भएको गण्डकीमा मञ्जु गुरुङ, सिपोरा गुरुङ, परिक्षा गुरुङ, शुप्रिया गुरुङ, खुसी गुरुङ, होम कुमारी पुन, कान्ती आले, देवी खाण, सञ्जु पुन, मान्ती आले जस्ता होनहार तिखारिएका खेलाडी रहेको टिमको हिस्सा वनिरहिन । सन २०१४ मा राष्ट्रिय टिममा प्रवेश गरेकी अरुणाले आफ्नो खेलवाट सवैलाई प्रभावित पार्दै १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा टिम कप्तानको भूमिका निर्वाह गर्दै राष्ट्रका लागि रजत पदक दिलाएर सफल कप्तानको भूमिकामा उदाइन ।

कम वोल्न रुचाउने तर खेलमा उनको एकाग्रताबाट दर्शकको मायाँ संगै प्रशंसा बटुल्न सफल अरुणाले पाँचौ, छैटौ, सातौं र आठौं राष्ट्रिय प्रतियोगितामा आफ्नो खेल कौशल प्रदर्शन गरिसकेकी छन भने १२ औं सागमा रजत पदक जितेकी उनले १३ औं सागमा उनकै नेतृत्वमा नेपाली महिला भलिवल राष्ट्रिय टिमले ऐतिहासिक रजत पदक जिताउन सफल भइन । सन २०१७ मालदिभ्समा भएको सेन्ट्रल जोन क्वालिफाइङ खेलमा रजत र नेपालमा २०१९ मा वंगालादेशमा सम्पन्न सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जिताउन उनको भुमिका महत्वपुर्ण रहेको थियो । करिव साढे दुई दशकको उनको जिवनको भलिवल यात्रामा उनले एक पटक मात्रै वैदेशिक भलिवल प्रशिक्षण लिने अवसर पाएकी छन ।

नेपालमा १३ औं सागको तरखर चलिरहँदा एकाएक उनको खेल जिवनमा नयाँ अवसर प्राप्त भयो । त्यो थियो राष्ट्रिय टिमको कप्तानी सम्हाल्नु । उनी भन्छिन–“मैलै कल्पना समेत गरेको थिइन, तर मेरो मेहनत र लगनशिलताले मलाई यो अवसर प्राप्त भएको ठान्छु ।” टिमकी कप्तान रहेकी मञ्जु गुरुङ टिमबाट वाहिरिए पछि नयाँ कप्तानको खोजी भयो । अरुणा सँगै रेशमा भण्डारी, प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन र उषा विष्ट कप्तानीकै लाइनमा थिए । तर नेपाल भलिवल संघले अरुणालाई टिमको कप्तानीको जिम्मा दियो । आफूलाई प्राप्त भएको जिम्ममा निभाउन उनले कुनै कसर वाँकी राखिनन । उनलाई दिएको कप्तानीको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा मात्रै गरिनन राष्ट्रका लागि ऐतिहासिक रजत पदक जिताउन सफल भइन ।

गण्डकी प्रदेशवाट १४ वर्ष लगातार खेलेर महिला भलिवलमा छाप छोड्न सफल तथा सन २०१४ बाट महिला राष्ट्रिय भलिवल टिममा प्रवेश गरेकी अरुणा यस वर्ष पिपल्स च्वाइस अर्वाडको मनोनयनमा पर्दा आफूलाई निकै खुसी लागेको बताउँछिन । ई–सेवाको एप्स मार्फत भोटिङबाट जित्न सकिने उक्त अवार्डका लागि सवैलाई भोटिङ गरिदन उनले आग्रह गरेकी छन । उनले भनिन–“मलाई माया गर्ने धेरै हुनुहुन्छ, मलाई माया गर्ने अग्रज र आफ्ना भइवहिनी सवैलाई धेरै भन्दा धेरै भोटिङ गर्न आग्रह गर्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close