प्राथमिकताका आधारमा खेल बर्गिकरण हुने मन्त्री बिश्वकर्माको भनाई

काठमाडौं सम्वादाता । युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वकर्मा)ले लागि खेलसंघको बर्गिकरण हुने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–“ऐनले खेल बर्गिकरणको ब्यवस्था गरेको र नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने छ ।”

राखेपका उपाध्यक्ष शिव कोईरालाले ब्यक्ती एउटा दायित्व धेरै भएको संघमा पाईएकोले अब त्यो प्रथाको अन्त्य हुने बताउनुभयो । संघ विबाद सामाधन समितिका संयोजक समेत रहनु भएका उपाध्यक्ष कोईरालाले भन्नुभयो–“संघ धेरै भएर राज्यले धान्न नसकेको होईन्, कतिपए संघले गर्ने क्रियाकलापबाट खेलकुद बदनाम हुदै आएको छ अब यस्तो परिपाटी चल्दैन ।”

खेलकुदका गतिबिधि क्रमशः सामान्य अवस्थामा आउदै गरेका बताउदै राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले भन्नुभयो–“नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखी परिषद्ले पुष महिना भर खेलकुदले मेची–महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २–२ दिने कार्यक्रमको आयोजना गदैछौ ।” प्रदेशका खेलकर्मी, खेलाडी, प्रशिक्षकलाई लक्षित कार्यक्रमले एक प्रकारको सन्देश दिने उहाँको भनाई थियो । सदस्य सचिवले संघहरुले प्रतियोगिता गर्नका लागि अनुमति मागि रहेको जानकारी गराउदै भन्नुभयो–“कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुदै जानेछन् ।”

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराउनुभयो । सो अवसरमा लगभग ८० संघका प्रतिनिधिको सहभागिता रहेको थिए । धेरै जसो संघहरुले आगमि नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समाबेश गरिनु पर्ने धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा राखेप सदस्यहरु, बिभागिय प्रमुखहरु, प्रशिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close