नवलपुर र पोखरामा हक्कीको पूर्वाधार तयार हुने, “जग्गाको खोजी प्रक्रिया अन्तिम चरणमा”–राखेप सदस्य श्रेष्ठ

पोखरा स्पोर्टस । कास्कीको पोखरा र नवलपुरको गैंडाकोटमा हक्कीको पुर्वाधार निर्माण हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सम्पन्न श्रेष्ठको पहलमा हक्कीको पुर्वाधार निर्माणका लागि जग्गाको जग्गाको खोजी प्रक्रिया अन्तिम चरणमा पुगेको हो । हक्कीका लागि नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं १३ अन्तरगत रहेको मनमोहन खेल मैदानको जग्गा उपलव्ध हुनेभएको छ भने अर्को तिर पोखरामा समेत जग्गाको खोजी भइरहेको सवै काम अन्तिम चरणमा पुगेको राखेप सदस्य श्रेष्ठले पोखरा स्पोर्टसलाई बताउनुभयो ।

एशियन हक्की फेडेरेसन (एचएफ)ले तिन वर्ष अघि देखि नेपाललाई हक्कीको टर्फ दिने घोषणा गरेको भए पनि नेपालले हक्कीका लागि उपयुक्त पूर्वाधारका लागि जग्गा उपलव्ध गराउन नसक्दा रोकिएको राखेप सदस्य श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–“यो दिसेम्वर २०२० को अन्तिम सम्म एचएफमा पूर्वाधार निर्माणका लागि जग्गाको कागजपत्र उपलव्ध गराउनुपर्ने भएकोले पनि हामीले जग्गाको खोजी गरि अन्तिम टुङ्गोमा पुग्दैछौं ।” एचएफले नेपालका लागि करिव ३ करोड बरावरको हक्की टर्फ उपलव्ध गराउने भएको उहाँले बताउनुभयो ।

नेपालमा हक्कीको अन्तर्राष्ट्रिय पुर्र्वाधार निर्माण भए दक्षिण एशियाका देशका लागि समेत नेपाल हक्कीको हव बन्न सक्ने र यसले खेल पर्यटनमा उत्तिकै सहयोग पुग्ने राखेप सदस्य श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–“हक्कीका लागि दक्षिण एशियामा भारत र पाकिस्तान उर्वर भुमि भए पनि उनीहरु एक अर्काको देशमा गएर खेल्दैनन तर यदि नेपालले अन्तर्राष्ट्रियस्तरको पुर्वाधार निर्माण भयो भने भारता पाकिस्तान सहित सबै देशका आएर खेल्ने वातावरण बन्न सक्छ ।”

तिन वर्ष अघि पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष हुँदा नै हक्कीको पुर्वाधारका लागि आफुले जग्गाको खोजी गरेको राखेप सदस्य श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–“मैले त्यतीबेला बाट नै धेरै प्रयास गरेको थिंए बल्ल आएर धेरै मेहनत पछि मैले सोचेको कुरा पुरा हुँदैछ ।” गण्डकी प्रदेशमा हक्की खेलको निकै राम्रो सम्भावना रहेको बताउँदै खेलको पुर्वाधार नहुँदा खेलाडीहरु भौतारिनु परेको उहाँले स्पष्ट पार्नु भयो । नलवपुर र पोखरामा बन्ने हक्कीको पुर्वाधारले गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौ राष्ट्रिय खेलकुदका लागि समेत नयाँ आयाम थपिने उहाँले बताउनुभयो ।

नवलपुर गैडाकोट स्थित मनमोहन खेल मैदान अन्तरगत रहेको बेल्डिहा वडा नं ५/क कित्ता नं पूर्व तर्फको करिव १५–१६–०–० विघा जग्गा मध्ये पूर्व तर्फको ३ विघा जग्गा हक्कीको पुर्वाधारका लागि दिने निर्णय वडा नं १३ को कार्यालयले गरेको छ । वडा नं १३ को कार्यालयले राष्ट्रिय खेलकुद परिषदलाई एक पत्र समेत लेखेर वडाको वैठकको निर्णय सहितको पत्र समेत पठाएको छ ।

यता पोखरामा समेत हक्कीको पुर्वाधार निर्माणका लागि धमाधम जग्गाको खोजी भइरहेको छ । हक्कीका पूर्व खेलाडी विमलमान गुभाजुले पोखरामा हक्कीको पुर्वाधार निर्माणका लागि जग्गाको खोजी भइरहेको बताए । पोखरा वडा नं १३ आर्वामा ५० रोपनी र पोखरा वडा नं २२ शुक्रराज मावीको खेल मैदान अन्तरगत रहेको २९ रोपनी जग्गा हेरिएको गुभाजुले पोखरा स्पोर्टसलाई बताउनुभयो । गुभाजुका अनुसार पोखरा वडा नं १ सिमपानीमा समेत ४६ रोपनी जग्गाका लागि कुराकानी अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो–“धेरै ठाउँको जग्गाका बारे कुरा आएको छ तर निर्णय भने हुनसकेको छैन ।”

पुर्वाधार निर्माणका लागि नवलप्रको जग्गाको टुङ्गोमा पुगे पनि पोखरामा अझै भने जस्तो जग्गा प्राप्त हुन सकेको छैन । यता महेन्द्रनगरमा आयोजना हुने तेश्रो सहाना प्रधान स्मृती कप महिला भलिवल र अर्को एक प्रतियोगिता तयारीका लागि प्रशिक्षण गर्ने स्थान समेत नहुँदा निकै दुःख खेप्नु परेको राष्ट्रिय खेलाडी यमन रसाइलीले बताए । अहिले खेलाडीहरुले पोखरा रंगशालाको केही खाली जमिनको घाँस फाँडेर प्रशिक्षण गर्नका लागि मैदान तयार गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close