सहारा युकेको कार्यसमितीको एक वर्ष अवधी थपियो

पोखरा स्पोर्टस । बेलायतमा रहेर खेलकुद र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आइरहेको सहारा युकेको कार्यसमितीको एक वर्षको अवधी थपिएको छ ।

सहारा क्लव पोखराको भातृ संस्थाको रुपमा रहेको सहारा युकेको शनिवार बेलायतमा शनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले एक वर्षका लागि निरन्तरता दिएको हो । सन २००८ मा स्थापना भएको सहारा युकेको इतिहासमानै पहिलो पटक क्मार गुरुङ नेतृत्वको छैटौं कार्यसमितीलाई एक वर्षका लागि निरन्तरता दिने निर्णय अधिवेशनले गरेको महासचिब धनु पुरन थकालीले बताउनुभएको छ । सहारा युकेको छैटौं कार्यसमितीको अवधी आगामी वर्षको दिसेम्बर सम्म रहने छ ।

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण सन २०२० मा हुने भनिएका सम्पूर्ण कार्यक्रमहरु स्थगित हुन पुगेपछि अधिवेशनले कुमार गुरुङ अध्यक्ष रहेको छैटौं कार्यसमितीलाई अनुमोदन गर्दै निरन्तरता दिने निर्णय गरेको महासचिब थकालीले पोखरा स्पोर्टसलाई बताउनुभयो । प्रत्येक दुई वर्षको अवधीमा अधिवेशनबाट नयाँ कार्यसमिती चयन हुने प्रक्रिया यस पटक कोभिड १९ का कारण तोडिएको महासचिब थकालीले बताउनुभयो । विशेष कारणवस नेपालमा नै रहनुभएका उहाँले भन्नुभयो–“यो बेला विषम परिस्थिती सृजना भयो, हामीले २०२० का तय गरेका सवै कार्यक्रमहरु स्थगित हुन पुगेपछि अधिवेशनले एक वर्षका लागि थप्ने म्यान्डेट दियो ।”

भर्चुअल माध्यमबाट भएको साधारण सभा तथा अधिवेशनमा विधान संसोधन समेत हुन नसकेको महासचिब थकालीले जानकारी दिनुभयो । बिधान संसोधनका लागि संयोजक रहनुभएको पुर्व अध्यक्ष दिलिप गुरुङ (एमविई)को टिमले अर्को वर्ष भौतिक रुपमा सवै सदस्यहरुको उपस्थितीमा हुने साधारण सभा तथा अधिवेशनमा प्रस्तुत गर्ने निर्णय साधारण सभाले गरेको छ ।

सहारा युकेको १९ सदस्यिय कार्यसमितीमा अध्यक्षमा कुमार गुरुङ, उपाध्यक्षमा ले.रि.कुसाङ गुरुङ, महासचिबमा थनु थकाली, सचिबमा नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पती रेग्मी, कोषाध्यक्षमा सारदा गुरङ, सह–कोषाध्यक्षमा प्रकाश गुरुङ, एफसी चियरमेनमा कृष्ण गुरुङ, एफसी सिइओमा मनोज गुरुङ, युवा खेलकुद संयोजकमा सन्दिप उपाध्याय रहनुभएको छ ।

नविन गुरुङ संस्थापक अध्यक्ष रहनु भएको सहारा युकेको अध्यक्ष पदमा दिलिप गुरुङ (एमविई) र मिन गुरुङले सफल रुपमा नेतृत्व गरिसक्नु भएको छ । सहारा युकेको प्रत्येक दुई वर्षमा नेतृत्व परिवर्तनका लागि अधिवेशन हुने गरेको छ । सहारा युकेले नेपालको खेलकुद विकास संगै अन्य सामाजिक सेवामा समेत महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close