माछापुच्छ्रे एन्फा टेक्निकल सेन्टर निर्माणको लागि टेन्डर आह्वान हुने

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माछापुच्छ्रे एन्फा टेक्निकल सेन्टर निर्माणको लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको छ ।

एन्फाको बिहीवार वसेको बैठकले माछापुच्छ्रे गाँउ पालिका वडा नं ६ भिंडावारीमा एन्फा टेक्निकल सेन्टर निर्माणको लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको हो । सो बारे जानकारी दिंदै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले अन्तर्राष्ट्रिय फुटबल महासंघबाट स्विकृत लिएर टेन्डर आह्वान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“अव रोकिनु पर्ने विषय छैन, टेन्डरका लागि निर्णय गरेका छौं अव ४/५ दिनमा टेन्डर आह्वान गर्दैछौं ।”

करिव ८० करोड खर्च हुने अनुमान गरिएको एन्फा टेक्निकल सेन्टरका लागि पहिलो फेजमा २० करोडको टेन्डर आह्वान गरिने अध्यक्ष शेर्पाले पोखरा स्पोर्टसलाई बताउनुभयो । “यो निर्माण कार्य ३ देखि ४ चरणमा गरि सम्पन्न गर्ने लक्ष्य लिएका छौं”, उहाँले भन्नुभयो–“यो गौरवको आयोजनाले नेपालमा स्पोर्टस टुरिजमा ठूलो सहयोग पुग्ने छ ।” नेपालमा नै पहिलो पटक माछापुच्छ्रे गाउँ पालिकामा निर्माण हुन लागेको टेक्निकल सेन्टर निर्माणका लागि सबैको सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“यो एन्फाको एक प्रयासले मात्रै सम्भव छैन संघिय, प्रदेश र स्थानिय सरकारको पनि उत्तिकै सहयोगको आवश्यक्ता पर्छ ।”

एन्फाले करिव २ सय ७६ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागेको टेक्निकल सेन्टरमा एक मुख्य मैदान सहित ३ वटा प्रशिक्षण फुटबल मैदान, विच फुटबल मैदान, १ सय २० जना क्षमताको आवाश गृह, अन्तर्राष्ट्रियस्तरको सेमिनार हल, स्विमिङ पुल लगाएत निर्माण हुने छन । गण्डकी प्रदेश सरकारले समेत यसलाई प्रदेशको गौरवको आयोजना भन्दै निर्माणका लागि सहयोग गर्ने भएको छ भने माछापुच्छ्रे गाउँ पालिकाले नदी नियन्त्रणका लागि ५ करोड ७६ लाख खर्च गर्ने भएको छ ।

१ प्रतिक्रिया

  1. This is a huge infrastructure undertaken by ANFA. Thanks
    It will help sports to reach another level. My old
    School Bhindabari has ample land and it can cater for massive project like this. A landmark development which
    Will generate income and employment to local
    People. Thanks and we heartily welcome.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close