मञ्चद्वारा उपाध्यक्ष गुरुङकी धर्मपत्नी ज्ञानु गुरुङलाई दियो श्रद्धाञ्जली

पोखरा स्पोर्टस । भुतपुर्व खेलाडी मञ्च नेपालले मञ्चका उपाध्यक्ष दिल बहादुर गुरुङकी धर्मपत्नी ज्ञानु गुरुङको असमायिक निधन प्रती श्रद्धाञ्जली दिएको छ ।

मञ्चको टोली अध्यक्ष तेज गुरुङको नेतृत्वमा उपाध्यक्षको पोखरा १६ दिप निवासमा शनिवार पुगेर ज्ञानु गुरुङप्रती श्रद्धाञ्जली दिएको हो । एक मिनेट मौन धारण सहित भएको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष गुरुङले उहाँको आत्माको शान्तीको कामना गर्दै परिवारजनमा परेको दुःखद घडीमा मञ्चका तर्फबाट समवेदना प्रकट गर्नुभयो ।

सो अवसरमा मञ्चका सल्लाहकार समितीका संयोजक मेजर दिल बहादुर गुरुङ, सल्लाहकार जयराम हमाल, प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, महासचिब खेम गुरुङ, सचिब कृष्ण तिमिल्सिना कार्य समितीका सदस्य तथा आजिवन सदस्यहरुको सहभागिता रहेको थियो ।

बगर भाईखलकका अध्यक्ष समेत रहेका गुरुङकी धर्मपत्नी ज्ञानु गुरुङको गत मंसिर १५ गते उपचारको क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close