एनओसीले तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आयोजना गर्ने

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरम २०७७ मंसिर १४ मा हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिकको भावना र आन्दोलन अनुसार नेपाली खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई नया“ घटनाक्रम र अवस्थाबारे सचेतनामुलक जानकारी गराउने कार्यक्रमको उद्धेश्य रहेको छ । कार्यक्रम भर्चुअल माध्यममा हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आथित्यमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरू विभिन्न विषयमा आप्mनो मन्तब्य राख्ने एनओसीले जनाएको छ ।

नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र मार्केटिङ’, राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७६’ र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो प्रस्तुती दिनु हुनेछ ।

यस्तै श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन ¥युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्नेछन् । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पनि आफ्नो मन्तब्य राख्ने छन् ।

यस्तै महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाल ओलम्पिक कमिटीले यस्तो कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्ने योजना रहेको बताएका छन् । कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले यस प्रकारको फोरम कार्यक्रमले नेपाली खेलकुदस“ग सम्बन्धित क्षेत्रलाई आफ्नो कार्यक्षमता बढाउन र कार्यक्रमहरू नियमपूर्वक सुचारु रूपले अगाडि बढाउन मदत मिल्ने बताए । यसअघि सन् २०१६ र २०१९ मा पनि दुई संस्करणका फोरम आयोजना भइसकेको एनओसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close