एनओसी अध्यक्ष श्रेष्ठद्वारा ‘स्पोर्टस एण्ड इनभाइरोनमेन्ट’ सदस्यहरुको स्वागत

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा सांसद जीवन राम श्रेष्ठले आज एक कार्यक्रमका विच ‘स्पोर्टस एण्ड इनभाइरोनमेन्ट’ का सदस्यहरुलाई स्वागत गर्नुभएको छ ।

सो अवसरमा एनओसी अध्यक्ष श्रेष्ठले स्पोर्टस एण्ड इनभाइरोनमेन्ट कमिसनको काम बारे प्रष्ट्याउँदै खेलकूद कार्यक्रम संगै वातावरणीय संरक्षण र वृक्षारोपण कार्यक्रमलाई महत्वपूर्ण रुपमा अगाडी बढाउन आह्वान गर्नु भएको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कमिशनका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्नुका साथै प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो । उहाँले उक्त कमिसनलाई आगामी १५ दिन भित्र कमिशनको योजना सहितको प्रतिवेदन पेश गर्न निर्देशन समेत दिनुभएको छ ।

उक्त कमिसनको अध्यक्षमा पूर्व अवकास प्राप्त प्रहरी वरिष्ठ उपरिक्षक गोवर्धन श्रेष्ठ रहनुभएको छ । उहाँ टेबल टेनिसका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत रहि सक्नु भएको छ । कमिशनका पदाधिकारीहरुमा डा.सन्जय विक्रम श्रेष्ठ, सगुन राणा, डोल्मा लामा शाह, चन्देशस्वरनन्द राजबैद्य, शंकर गौतम, प्रदिप राजभण्डारी, धर्ममान बज्रचार्या, राजेन्द्र कपाली, प्रितेश श्रेष्ठ, पूर्ण शंकर श्रेष्ठ र गिता शाह रहनु भएको छ ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष÷कार्यकारी र्निदेशक चतुरानन्द राज बैद्य तथा महासचिव निलेन्द्र राज श्रेष्ठज्युको उपस्थिती रहेको एनओसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close