प्याराग्लाइडिङ पाइलट तथा कराते खेलाडी नेपालीलाई दिइयो अन्तिम श्रद्धाञ्जली

पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा सोमवार निधन भएका प्याराग्लाइडिङ पाइलट तथा कराते खेलाडी राजु नेपाली गैरेलाई अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा पोखरा रंगशालाको प्राङ्गडमा नेपालीलाई अन्तिम श्रद्धाञ्जली दिइएको हो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले एक उत्कृष्ट तथा इमान्दार खेलाडी गुमाउन पर्दा निकै पिडा महशुस भएको बताए । उनले नेपालीको पार्थिव शरिरमा फुल माला अपर्ण गर्दै अन्तिम विदाई गरे ।

यसै गरि राराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक गोदार, विभिन्न खेलकुद संघका पदाधिकारी तथा खेलाडी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारीहरु, प्रशिक्षकहरु लगाएतले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close