भलिबल संघका उपाध्यक्ष सुवेदीद्वारा खेल सामाग्री प्रदान, खेलप्रेमी उत्साहित

पोखरा । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामाग्री प्रदान गरेका छन् । शनिवार आयोजित एक कार्यक्रमबीच सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामाग्रीहरु प्रदान गरेका हुन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभ स्टार क्लबका अध्यक्ष किरण केसी, वडा सदस्य जयराम महत लगायतका वक्ताहरुले सुवेदीको सहयोगले भलिबल प्रेमीहरुमा ठूलो उत्साह थपेको बताए ।

भलिबल खेलको रुची तथा विकासमा लाग्ने जो कोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता सुवेदीले व्यक्त गरे । भलिबल संघका केन्द्रीय उपाध्यक्ष सुवेदी लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक्टि गभर्नर समेत हुन् । सुवेदी राजनीति सहित समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशक अघि देखि निरन्तर क्रियाशील छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close