गण्डकी प्रदेशस्तरिय कराते रेफ्रि सेमिनार शुरु, मुख्य मन्त्रीद्वारा उद्घाटन

पोखरा स्पोर्टस । नेपाल कराते महासंघ गण्डकी प्रदेश रेफ्रि कमिटको आयोजनामा गण्डकी प्रदेशस्तरिय कराते रेफ्रि सेमीनार तथा रिफ्रेश कार्यक्रम शुरु भएको छ ।

तिन दिन सम्म सञ्चालन हुने रेफ्रि सेमीनार तथा रिफ्रेश कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले एक समारोहका विच उदघाटन गरेका छन् । नवलपुरको वर्दघाटस्थित शुष्तापूर्व देवचुलीमा शनिवारबाट शुरु भएको उक्त प्रशिक्षणलाई उद्घाटन गर्दै मुख्य मन्त्री नेपालीले गण्डकी प्रदेशमा कराते खेल विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा मुख्य मन्त्री नेपालीले प्रदेशको खेलकुद विकासका लागि प्रदेश सरकार अघि बढिरहेको बताउँदै हिमाली क्षेत्रमा हाइ अल्टिच्यूड खेल मैदान संगै तराईमा रहेको नवलपुरमा हात्ती पोलो खेलको विकासका लागि समेत प्रदेश सरकारले योजना ल्याउने बताए ।

गण्डकी प्रदेश रेफ्रि कमिटीका संयोजक सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सहसंयोजक विष्णुलाल श्रेष्ठ र सचिव मनिराज थापाले समेत बोलेका थिए । उक्त कार्यक्रममा मनाङ र मुस्ताङ बाहेक प्रदेशका ९ जिल्लाका ५७ जना कराते रेफ्रीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close