प्रधानमन्त्रीद्वारा मन्त्री परीषद पुनर्गठनः खेलकुद मन्त्री विश्वकर्मा यथावत

पोखरा स्पोर्टस । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्री परीषदको पुनर्गठन सङै केही मन्त्रीहरुलाई हेरफेर गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्री परीषद पुनर्गठन तथा हेरफेर गरेपनी युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा भने कुनै हेरफेर नर्गनु भएको हो ।  युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा जगत वहादुर विश्वकर्मा (सुनार)यथावत रहनु भएको छ ।

मन्त्री विश्वकर्माले  १३ औं दक्षिण एशियाली खेलकुद सफलता पुर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । यसै गरि उहाँले नेपाली खेलकुदको विकास र पर्वद्धनका लागी खेलकुद विकास विधेयकको निर्माण सँगै सातै प्रदेशमा अन्तरास्ट्रियस्तरका खेलकुद पुर्वाद्धारहरुको विकास तथा खेलाडीका हितमा युवा तथा खेलकुद मन्त्रीका रुपमा गरेका निर्णयहरु महत्वपूर्ण रहेका छन ।

विश्वकर्मा कास्की निर्वाचन क्षेत्र नं ३ वाट संघिय संसदमा निर्वाचित भएर नेकपाको सरकार गठन भए यता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close