मिसन साग अभियान अन्तरगत पोखरा रंगशालामा वृक्षारोपण र सरसफाई शुरु (फोटो र भिडियो सहित)

पोखरा, ७ साउन । नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पोखरा रंगशालामा वृक्षारोपण र सरसफाई अभियान शुरु गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङको नेतृत्वमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, जिल्ला खेलकुद बिकास समिती लगाएत विभिन्न खेलकुदका संघ संस्था, खेलाडी, प्रशिक्षकहरुको संयूक्त टोलीले मंगलबार पोखरा रंगशालामा मिसन साग अभियान अन्तरगत उक्त कार्य शुरु गरिएको हो ।

१३ औं साग अन्तरगत पोखरा रंगशालामा सात खेलहरु सम्पन्न हुने भएकोले रंगशालालाई हरियाली र सफा बनाउन यस्तो अभियान शुरु गरिएको राखेप सदस्य गुरुङले बताएका छन । वृक्षारोपण अन्तरगत आर्चरी खेल मैदानमा हरियाली बनाउन १ सय अशोकाका विरुवाहरु रोपिएको छ । आर्चरी संगै रंगशालाका अन्य भागहरुमा समेत वृक्षारोपण कार्यक्रमलाई अगाडी बढाइने क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा प्रदेश सरकारका सांसद, स्थानिय निकायका वडा अध्यक्ष लगाएत अन्य सयौंको संख्यामा खेलप्रेमीहरुले सहभागिता जनाउर्दै पोखरामा समेत आयोजना हुने साग खेलकुदलाई सफल बनाउन एकेवद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close