भलिवलका अग्रज खेलाडी वस्नेतको निधन

पोखरा । भलिवलका अग्रज खेलाडी उदय वहादुर वस्नेतको आइतवार पोखरामा निधन भएको छ ।

मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उहाँको ६८ वर्षको उमेरमा निधन भएको हो । मिर्गौला रोगवाट पिडित रहनुभएको उहाँ २०४९ सालमा पोखरा वडा नं १६ को निर्वाचित वडा अध्यक्ष समेत हुुनुहुन्थ्यो ।

कास्की जिल्ला खेलकुद विकास समितीको दुई पटक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको उहाँको अन्त्येष्टी गोष्तेघाटमा आज नै गरिएको छ । उहाँको पार्थिव शरिरमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुव्वा गुरुङले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, पोखरा महानगरपालिकाका प्रमुख मान वहादुर जिशी लगाएत पार्टीका नेता तथा कार्यक्रताहरुले उहाँलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । स्वर्गिय वस्नेतको श्रीमती दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

अग्रज खेलाडी वस्नेतको निधनले खेलकुदलाई माया गर्ने कास्कीको एक व्यक्तित्व गुमाउन पुगेको कास्की जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश वरालले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close