सहारा यूकेका पूर्व अध्यक्ष गुरुङ वेलायतमा एमबीई अवार्डबाट सम्मानित

पोखरा । सहारा यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी दिलीप कुमार गुरुङ वेलायती महारानीको जन्मोत्सवका अवसरमा प्रदान गरिने ‘अर्डर अफ् द ब्रिटिस एम्पायर’ (एमबीई) अवार्डबाट सम्मानित हुनु भएको छ ।

पुर्व वेलायती सेनाका रिटायर्ड स्याङजा कोल्मा वहाकोट घर भई वेलायतको व्ल्याकपुलमा व्ययवसाय सञ्चालन गर्दै आउनु भएका गुरुङ बेलायतकी महारानी एलिजावेथ द्वितीयको जन्मोत्सवका अवसरमा सामाजिक कार्यमा योगदान पु¥याएबापत सम्मानित हुनुभएको हो । बेलायत र बाहिर रहेका नेपाली समुदायको सेवाका लागि सो सम्मान प्रदान गरिने जनाइएको छ ।

सहारा क्लव पोखराका मानार्थ सदस्य समेत रहनु भएका गुरुङ खेलकुद र समाजसेवा मार्फत नेपाल र वेलायतमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँले निजी लगानीमा स्याङ्जास्थित कोल्मा वहाकोट पुर्ख्यौली घरमा सांस्कृतिक संग्रहालय स्थापना गर्नु भएको छ युवा वर्गलाई सक्रिय राख्न फुटसल समेत स्थापना गर्नु भएको छ । उहाँकै सक्रियतामा स्याङजा बिरुवाको ओरष्टेमा स्वास्थ्य केन्द्र पनि निर्माण भइरहेको छ ।

महारानीको जन्मोत्सवका अवसरमा कुल १ हजार ४ सय ९५ जनालाई दिइएको सम्मानमा पर्ने गुरुङ एक्लो नेपाली मुलका हुनुहुन्छ । यसै बीच सहारा युकेका अध्यक्ष कुमार गुरुङले सामाजिक संजाल मार्फत पूर्व अध्य्क्ष एमबीई अवार्डबाट सम्मानित हुनुभएकोमा खुसि ब्यक्त गर्दै बधाई दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close