क्यानका अध्यक्ष चन्द र सचिव प्याकुरेललाई कोरोना पुष्टि

पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्द र सचिब अशोकनाथ प्याकुरेललाई कोरोना पुष्टि भएको छ ।

गत असोज ६ गते चितवनमा सम्पन्न क्यानको केन्द्रिय वैठकवाट फर्के लगतै अध्यक्ष चन्द र सचिब प्याकुरेललाई कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिएपछि उहाँहरु दुवैजना होम आइसोलेसनमा रहनुभएको र स्वास्थ्य स्थिती समेत सामान्य रहेको जनाइएको छ ।

क्यानको वैठकमा सहभागीता जनाएका क्यानका सवै पदाधिकारी र केन्द्रिय सदस्यहरु समेत होम क्वारेन्टिनमा वसेको क्यानका सदस्य छुम्वी लामाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close