क्रिकेट खेलाडीहरुको पुनः वर्गीकरण गरिने

पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरुको पुनः वर्गीकरण गर्ने भएको छ ।

क्यानले गत असोज ६ गते चितवनमा सम्पन्न वैठकवाट १८ पुरुष र १९ महिला क्रिकेट खेलाडीको नाम सार्वजनिक गरेको भए पनि केही महत्वपुर्ण खेलाडीको नाम छुट्न गएको भन्दै पुनः वर्गीकरण गरेको जनाएको हो । क्यानका अध्यक्ष चतुर वहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“वर्गीकरणमा केही महत्वपुर्ण खेलाडीको नाम छुटेको र वर्गिकरण न्यायोचित नभएको भन्दै क्यानमा गुनासो आएकोले संघको गम्भिर ध्यानाकर्षण भएको छ ।”

क्यानले महिला तथा पुरुष खेलाडी टिमका कप्तान तथा उपकप्तान र प्रशिक्षक सँग आवश्यक छलफल गरि आगामी वोर्ड वैठकमा सुझाव सहितको प्रतिवेदन पेश गर्न विज्ञप्तीमा उल्लेख गरिएको छ । वर्गीकरण समितीमा क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा केद्रिय सदस्य अमितबिर पाण्डे र दुर्गाराज पाठक रहेका थिए ।

खेलाडी वर्गिकरण समितीले गरेको सिफारिसका आधारमा चितवनको वैठकले खेलाडी वर्गिकरण गरेपछि क्रिकेट खेलाडीहरुको छाता संस्था सिप्यान लगाएतले क्यान र राष्ट्रिय खेलकुद परिषदमा समेत वर्गीकरण सच्याउन ध्यानाकर्षण समेत गराएका थिए ।

क्यानले खेलाडीलाई ए वि र सीमा वर्गीकरण गर्दै हरेक तहमा पारिश्रमिक समेत निर्धारण गरेको थियो । जसमा पुरुष तर्फ ग्रेड ‘ए’का खेलाडीको  ५० हजार, ‘बी’ ग्रेडका खेलाडीको ४० र ‘सी’ ग्रेडका खेलाडीको ३० हजार रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close