क्रिकेट खेलाडीको वर्गिकरण सच्चयाउन राखेपलाई सिप्यानको ध्यानाकर्षण

पोखरा । नेपाल क्रिकेट संघ (सिप्यान)ले क्रिकेट खेलाडीको वर्गिकरण सच्चयाउन अनुरोध गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई ध्यानाकर्षण गराएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को हालै सम्पन्न वैठकबाट क्रिकेट खेलाडीको वर्गिकरण गर्दै पारिश्रमिक समेत तोकेपछि खेलाडीको वर्गिकरण वैज्ञानिक नभएको भन्दै सच्चाउन राखेपलाई समेत ध्यानाकर्षण गराएको हो । राखेपलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ–“ लामो समयदेखि अवरुद्ध नेपाली क्रिकेटको ब्यबस्थापनसँग सम्बन्धित गतिविधिलाई गति प्रदान गर्ने लक्ष्यका साथ गरिएका निर्णयहरूले केही सुधारात्मक र सकारात्मक सन्देश दिएको भएपनि उक्त निर्णयहरु क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले सच्चाउन आवश्यक छ ।”

सिप्यानका अध्यक्ष डा.मनिष राज पाण्डेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा निर्णयका महत्वपुर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्न क्रिकेट विकासका लागि जरुरी रहेको भन्दै तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता देखिएको जनाइएको छ ।

विश्वव्यापी स्थापीत मुल्य र मान्यतालाई आधार मान्दै नेपाली क्रिकेटलाई व्यावसायिक उन्मुख र प्रतिफलमुखी बनाइराख्न क्रिकेट खेलाडीको आयस्रोतलाई व्यवस्थित बनाइनु पर्ने र खेलाडीको मनोबल उच्च बनाई राख्नुपर्ने अति आवश्यक हने बताउँदै यसका लागि न्यायसंगत ढङ्गले समयसापेक्ष कुनै पनि किसिमको विभेदको अनुभुति हुने वातावरणलाई निरुत्साहित गर्दै जानुपर्छ भन्नेमा सिप्यान दृढ रहेको बताइएको छ ।

यस सँगै पुरुष र महिला क्रिकेट खेलाडीको जीवन बीमा/दुर्घटना बीमा गर्नका लागि क्यानवाट आवश्यक पहल गरिनेकुरा सह्रानीय रहेको बताउँदै तर त्यसमा समावेश गरिने खेलाडीको दायरालाई फराकिलो बनाउन तथा यथासक्य चाँडो कार्यान्वयन गर्न पनि भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close