छोम्रोङमा ल्होसार मेलामा जनउत्थानलाई भलिबल र माछापुच्छ्रेलाई बास्केटबलको उपाधि

पोखरा स्पोर्टस । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा सेञ्चुरी युवा क्लबको आयोजनामा सम्पन्न २० औ संकरणको ल्होसार सेन्चुरी मेलामा भलिबल तर्फको उपाधि जनउत्थान दिगो विकास संस्थाले जितेको छ ।

शुक्रबार भएको फाईनल खेलमा सेन्चुरी युवा क्लब घुर्जुङलाई २५–२०, २५–१५ र २५–२२ को सोझो सेटले पराजित गर्दै जनउत्थानले उपाधि रक्षा समेत गरेको हो ।

उपाधिसँगै सो संस्थाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्राप्त गर्याे । त्यसैगरी उपविजेता बनेको सेन्चुरी क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १५ हजार प्राप्त गर्याे । भने तृतीय स्थान हाँसिल गरेको मिलन युवा क्लब याङ्जाकोटले ८ हजारको हकदार बनेको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।

उनका अनुसार भलिवल तर्फ प्रतियोगिताबाट उत्कृष्ट खेलाडीका रुपमा सीसीवाईसीका शिव गुरुङ घोषित भए भने उत्कृष्ट स्पाईकरका रुपमा जनउत्थानका सुवास नेपाली पुरस्कृत भए ।

बास्केटबलमा माछापुच्छ्रे च्याम्पियन

बास्केटबल तर्फ माछापुच्छ्रे युवा क्लब तल्लोगाउँ च्याम्पियन बनेको छ । फाईनल खेलमा मिलन युवा क्लब याङ्जाकोटलाई ६२–५८ ले पराजित गर्दै माछापुच्छ्रे युवा क्लब च्याम्पियन बनेको हो ।

च्याम्पियन बन्दै माछापुच्छ्रेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार हात पार्याे । त्यसैगरी उपविजेता बनेको मिलन युवा क्लबले शिल्ड मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजारबा पुरस्कृत भयो ।

सो प्रतियोगितामा तृतीय स्थान हाँसिल गरेको ग्याघोथरलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८ हजार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए ।

गुरुङका अनुसार सो खेलबाट सर्वाधिक स्कोररबाट माछापुच्छ्रे क्लबका ईच्छे गुरुङ पुरस्कृत भए भने उत्कृष्ट खेलाडीका रुपमा याङ्जाकोटका सरोज गुरुङ घोषित भए । तमु ल्होसारको अवसरमा आयोजना गरेको सो मेलामा भलिबल तर्फ १४ टिम र बास्केटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई अन्नपूर्ण गाउँपालिका ११ का वडा अध्यक्ष हिम बहादुर गुरुङ, सीएमसीका अध्यक्ष गुञ्जमान गुरुङ, पर्यटन व्यवस्थापन समिति छोम्रोङका उपाध्यक्ष जगन्नाथ गुरुङ, क्लब अध्यक्ष मिकास गुरुङ तथा मेला संयोजक राम गुरुङ लयागतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close