गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले खेलाडीको कोरोना विमा गरिदिने

पोखरा । गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा गरिदिने भएको छ ।

संघले एक विज्ञप्ती मार्फत उक्त कुराको जानकारी दिंदै राष्ट्रको खेलकुदमा समाहित खेलाडी परिवारलाई कोरोना महामारीको जोखिम अवस्थामा राहत पुगोस भन्ने उद्देश्यले विमा गर्न लागिएको जनाएको हो ।

विश्व सँगै नेपालमा समेत कोरोना महामारीको रुपमा वढ्दै गइरहेको अवस्थामा खेलकुद समेत नराम्रो सँग प्रभावित भएको बताउँदै संस्थाका अध्यक्ष हिमाल गुरुङले नेपालमा सम्पन्न् १३ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्ने नेपाली खेलाडी र सो खेल संग सम्बन्धित सम्पुर्ण प्रशिक्षकहरुको साथै गत बर्ष सम्पन्न ८ औं राष्ट्रीय खेलकुदमा स्वर्ण, रजत र काश्य पदक बिजेता सम्पूर्ण खेलाडीहरुको कोरोना विमा गर्ने जनाएका छन ।

कोरोेना विमाका लागी आवश्यक समन्वय गरि दिन नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धित खेलका राष्ट्रिय संघहरुलाई अनुरोध गर्दै सम्बन्धित प्रशिक्षक र खेलाडीहरुले आ–आफनो खेल र प्राप्त पदकको बिवरण सहित नागरिकताको प्रतिलिपि यथा सिघ्र उपलव्ध गराउन अध्यक्ष गुरुङले आग्रह गरेका छन ।

नेपालका केही खेलकुद संघहरुले आफ्ना खेलाडीहरुको कोरोना विमा गरे पनि अझै धेरै खेलाडी र प्रशिक्षकहरु यसवाट वञ्चित रहेका छन । गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानको यो कार्यले ति खेलाडी र प्रशिक्षकलाई राहत पुग्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close