विश्व पर्यटन दिवसमा भर्चुअल मार्फत अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा । विश्व पर्यटन दिवसको अवसरमा “सम्वृद्ध नेपालका लागि दिगो पर्यटन सँगै खेलकुद” विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

आगामी २६ सेप्टेम्वरमा भर्चुअल मार्फत आयोजना हुने उक्त कार्यक्रमको पर्वतिय खेलकुद महासंघ नेपालको संयोजनमा तथा नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा हुने पर्वतिय खेलकुद महासंघका अध्यक्ष एवम राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द प्रसाद भट्टराईले जानकारी दिएका छन ।

खेलकुद मार्फत दिगो पर्यटनका लागि वकालत गर्दै आएको पर्वतिय खेलकुद महासंघले उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्टराई मुख्य वक्ता रहनेछन । उक्त कार्यक्रममा दिगो खेलकुद र पर्यटनका क्षेत्रका ५ जनाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन । जसमा २ जना विदेशी तथा ३ जना नेपालीहरु रहने महासंघले जनाएको छ ।

सम्मेलनमा कोभिड—१९ र कोभिड—१९ पछिको पर्यटन, शाहसिक र खेल पर्यटन, पर्यटनका नयाँ क्षेत्र तथा सम्वृद्ध नेपालका लागि दिगो पर्यटन लगाएतका विषयमा छलफल हुनेछ । नेपालको पर्यटन, खेलकुद, वातावरण र दिगो विकास संग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहनेछ भने सम्मेलनको मोडरेटरको रुपमा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दिपक राज जोशी रहनेछन ।

प्रत्येक वर्ष २७ सेप्टेम्बरका दिन विश्वव्यापी रुपमा पर्यटन दिवस मनाउने चलन सन् १९८० देखि शुरु गरिएको हो । प्रकृती, सहासिक तथा संस्कृतीको लागि विश्वमै प्रसिद्ध नेपालले त्यसबाट अपेक्षाकृत फाइदा लिन सकेको अवस्था छैन । चालु वर्ष २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर अभियान शुरु गरेकै अवस्थामा कोभिड—१९ को प्रहारले नेपालको पर्यटन उद्यमनै तहसनहसको अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close