पर्यटकीय, शाहसिक तथा परम्परागत खेल प्रतियोगिताहरुमा जोड दिइने

पोखरा । बागमती प्रदेश पर्वतीय खेलकुद महासंघको कार्यसमितिको भर्चुअल बैठकले पर्यटकीय, शाहसिक तथा परम्परागत खेलको प्रतियोगिताहरुका आयोजना गर्न जोड दिने निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले गत आ.व.का कार्यक्रमहरुको समिक्षा, आर्थिक प्रतिबेदन तथा सदस्य संघहरुको गतिविधि सम्बन्धि प्रस्ताव पारित गरेको छ । त्यस्तै, प्रदेशको वार्षिक कार्ययोजना पारित गरियो साथै, हालै जारि नयाँ ऐन अनुसार नाम परिवर्तन गरि ‘बागमती प्रदेश पर्वतीय खेलकुद महासंघ’ को रुपमा लैजाने निर्णय सर्वसम्मतले पारित गरेको छ ।

बैठकले पर्यटकीय, शाहसिक तथा परम्परागत खेलको अध्ययन र प्रतियोगिताहरु अगाडी बढाउने, खेलकुद, पर्यटन, संस्कृति, वातावरण तथा महिला र यूवा शसक्तिकरण जस्ता क्षेत्रमा बागमती प्रदेश तहका सरकारी, गैरसरकारी संघसंस्था र निकायहरुसंग सहकार्य गर्ने निर्णय गरेको छ । बैठकले परम्परागत, शाहसिक तथा पर्यटकीय खेल क्षेत्रलाई समेत समेटी नयाँ ऐन जसको भएकोमा खुशी ब्यक्त गर्दै अब सोहि अनुसारको व्यवस्था प्रदेश तथा स्थानीय सरकारहरुलाई समेत गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा प्रदेश सभा सदस्य रिना गुरुङले पर्यटकीय खेलकुद सम्बन्धि आवश्यक नीति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै चितवन शाहसिक तथा पर्यटकीय खेलकुदको हब बन्न सक्ने धारणा राखिन । त्यस्तै, महासंघका अध्यक्ष तथा राखेपका नवनियुक्त सदस्य गोविन्द प्रसाद भट्टराईले हालै जारि भएको खेलकुद सम्बन्धि ऐनले यस क्षेत्रमा केहि उत्साह थपिने बिश्वास व्यक्त गर्दै नयाँ खेलकुद विकास ऐन, राष्ट्रिय खेलकुद परिषद तथा महासंघको सम्भावित गन्तब्यको बारेमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

त्यस्तै महासंघका महासचिव संजिव पाण्डे तथा कोषाध्यक्ष मेघराज पौडेलले नेपालमा खेल पर्यटनमा महासंघको भूमिका बारे आ–आफ्नो धारणा राखेका थिए । बागमती प्रदेश महासंघ अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा बागमती प्रदेशमा पर्यटकीय खेलकुद गतिविधि सम्बन्धि कार्ययोजना सचिव सफल अधिकारीले प्रस्तुत गरेका थिए । वैठकले प्रदेश महासंघको कार्यालय हेटौडामा राख्ने र निकट भविष्यमै आवश्यक सांगठनिक संरचनाहरुको सुधार तथा निर्माण गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close