खेल मिलेमतोकै तर राज्य विप्लव होइनः सर्वोच्च

पोखरा । सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोप लागेका तत्कालिन कप्तान सागर थापा सहित ५ खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै भनेको छ–“ खेल मिलेमतोकै तर राज्य विप्लव होइन ।”

सर्वोच्चको फैसलाको पूर्ण पाठ सार्वजनिक भए सँगै खेलकुदवृत तरगिंत भएको छ । मिलेमतोमा खेल खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापा सहित ५ खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै राज्य विपल्व नहुने ठहर गरे पछि खेलकुद वृत तरगिंत भएको हो । सर्वोच्चका न्यायाधीश द्वय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भए पछि खेल मिलेमतोका आरोप लागेकाहरुले सफाई पाएका छन ।

नेपाल प्रहरीले २०७२ असोज २७ मा कप्तान सागर थापासहित विभागीय टोली नेपाल पुलिस क्लबका गोलकिपर रितेश थापा, मनाङ मर्स्याङ्दी क्लबका विकाससिंह क्षेत्री र थ्री स्टार क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक अञ्जन केसी र खेलाडी सन्दीप राईलाई खेल मिलेमतोको अभियोगमा पक्राउ गरेको थियो ।

खेलाडीहरु माथि सन् २००८ को मर्डेका कप, सन् २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा नै फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको खेलमा मिलेमतो गरेको आरोप लागेको थियो । तर अदालतले राज्य विप्लव नहुने भए पनि ति खेलमा भने मिलोमतो नभएको कुरालाई अस्विकार भने गरेको छैन ।

सर्वोच्चले सार्वजनिक गरेको पूर्ण पाठमा म्याच फिक्सिङको आरोप लागे पछि ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले राज्य विपल्व नगरेको भन्दै सफाई पाएको उल्लेख छ । विशेष अदालतले २०७५ जेठ २४ गते गरेको फैसलालाई सदर गर्दै खेल मिलेमतोमा नखेलेको ठहर सर्वोच्च अदालतले सार्वजनिक गरेको पूर्णपाठमा छ ।

“आरोपित कसूरबाट सफाई दिने गरी गरेको विशेष अदालतको फैसला मिलेको छ वा छैन र नेपाल सरकारको पुनरावेदनमा जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा संक्षेपमा प्रस्तुत मुद्दामा ती प्रतिवादीले म्याच फिक्सिङको जुन कार्य गरेको भनिएको छ, राष्ट्रको स्वाभिमान, प्रतिष्ठा र समस्त नेपालीको भावनासँग जोडिएको विषय हुँदा अत्यन्त गम्भीर छ, तर त्यति हुँदाहुदै पनि सो कार्य राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा वर्णित राष्ट्र विप्लवको कसूर नहुँदा दफा ३.१ आकर्षित हुने कसूर हो भन्ने देखिदैन,” पूर्णपाठमा भनिएको छ ।

नेपाल प्रहरीले २०७२ असोज २७ मा कप्तान सागर थापासहित विभागीय टोली नेपाल पुलिस क्लबका गोलकिपर रितेश थापा, मनाङ मर्स्याङ्दी क्लबका विकाससिंह क्षेत्री र थ्री स्टार क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक अञ्जन केसी र खेलाडी सन्दीप राईलाई खेल मिलेमतोको अभियोगमा पक्राउ गरेको थियो ।

खेलाडीहरुमाथि सन् २००८ को मर्डेका कप, सन् २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा नै फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको खेलमा मिलेमतो गरेको आरोप लागेको थियो । राष्ट्रिय झण्डा मुनी खेलिएका ति खेलहरुमा मिलोमतो भए पनि राष्ट्र विप्लव नहुने तर्क सर्वोच्च छ ।

खेल मिलेमतोको आरोप लागेपछि एशियाली फुटबल महासंघ (एएफसी) तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाँचै जनालाई फुटबलका सबै खेल खेल्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको थियो । तर, अदालतले खेलाडीमाथि लगाएको अभियोग पुष्टि नभएको ठहर गर्दै सफाई दिएको छ ।

साभारः पोखरा न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close