क्यानको साधारण सभा स्थगित

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)को साधारण सभा स्थगित भएको छ ।

क्यानको भदौ दोस्रो साताका लागि तोकिएको साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको हो । क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकिएको साधारण सभा स्थगित गरेको जनाएको छ ।

कोरोनाको प्रभाव वढे संगै भएका वन्दा वन्दीले साधारण सभा हुन नसक्ने विज्ञप्तीमा जनाइएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएका छन ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्गै सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सचिब प्याकुरेलद्वारा विज्ञप्तीमा जनाइएको छ । क्यानले गत साउन पहिलो साता बसेको कार्य सम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो ।

 मंगलवार स्थगित साधारणसभा आईसीसीसँगको समन्वय तथा सहज वातावरणमा तय गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close