कोरोनाको प्रभाव सङ्गै धराशायी वन्दै शाहसिक खेल पोखराको प्याराग्लाइडिङ

पोखरा । विश्वमा कोरोनाको प्रभाव वढे सङ्गै शाहसिक खेलहरु पनि धराशायी वन्दै गएका छन ।

शाहसिक खेलका लागि परिचित पोखराको प्याराग्लाइडिङ लागएत अन्य खेला गतिविधीहरु कोरोनाको प्रभाव वढे सङ्गै धराशायी बन्दै गएका हुन । पोखरा लगाएत गण्डकी प्रदेशका अन्य जिल्लामा सञ्चालित भइरहने मध्येका अल्ट्रा मिनी म्याराथन, प्याराग्लाइडिङ, र्याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, जिप फ्लायर, हट इएर वेलुन, र्याफटिङ, कायाकिङ लगाएतका साहसिक खेलहरु यतिवेला ठप्प रहेका छन ।

दिनहुँ ५ सय पर्यटकलाई शाहसिक खेलको मनोरञ्जन दिने पोखराको आकाश यतिवेला प्याराग्लाइडिङ विहिन बन्न पुगेको छ । पोखरालाई मुलरुपमा परिचित गराउने शाहसिक खेल गन्तव्य मध्येको प्याराग्लाईडिङ गत चैत यता ठप्प रहेको छ । पोखरामा रहेका ६० भन्दा व्यवसायिक कम्पनी र त्यसमा कार्यरत १ हजार भन्दा वढी आश्रित परिवारहरु समेत यतिवेला समस्यामा परेका छन । साहसिक खेलले नेपाललाई विश्वमा चिनाएको भए पनि कोरोना प्रभावले ठप्प पार्दा संकटमा परेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

यतिवेला प्याराग्लाइडिङ कम्पनीहरुको नविकरण गर्ने समय भए पनि प्याराग्लाइडिङलाई भने नागरिक उड्ययन प्राधिकरणले नविकरणमा समेत सहुलियत नदिएको अध्यक्ष भण्डारीले बताए । उनले भने–“प्याराग्लाइडिङ उड्ययन अन्तरगत दर्ता हुने भए पनि नविकरण गर्ने वेलामा प्याराग्लाइडिङ नसमेट्दा भने प्राधिकरण सहुलियत दिन अझै अन्यौलमा छ ।” यो संगै कार्यालयका भाडा लगाएतका कुराहरुले पनि निकै ठुलो समस्या उत्पन्न भएको उनले बताए ।

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हवाई उद्योगमा प्याराग्लाइडिङमा समेट्न र अन्य हवाई कम्पनीहरुले पाए सरह सुविधा उपल्व्ध गराउनुपर्नेमा अध्यक्ष भण्डारीले बताए । उनले यसवारेमा प्राधिकरण संग छलफल समेत भइरहेको र मन्त्रालयमा प्याराग्लाइडिङलाई समेत समेट्न आग्रह गरिएको बताए ।

पोखराको प्याराग्लाइडिङमा कार्यरत ४ सय भन्दा वढी पाइलटहरु पनि यति बेला ग्लाइडर थन्काएर घरमा बस्न वाध्य भएका छन । नागरिक उड्ययनले कोरोना प्रभावका वेला सम्पुर्ण उडान स्थगित गर्ने निर्णय भए संगै पाइलटहरु पनि ग्लाइडर थन्काएर वस्न वाध्य भएका हुन । अध्यक्ष भण्डारीले भने–“सबै हवाई उडान वन्द गर्ने भने संगै पाइलटहरुले सोलो उडान समेत गर्न पाएका छैनन” उनले थपे–“जसका कारण हाम्रा प्याराग्लाइडिङ खेलाडीहरुले नियमित प्रशिक्षण समेत हुन सकेको छैन ।”

पछिल्लो समयमा चिनिया र भारतिय पर्यटकलाई मुख्यरुपमा आकर्षित गरेको पोखराको प्याराग्लाइडिङले गण्डकी प्रदेशकै अर्थतन्त्रमा समेत निकै टेवा पुर्याएको अध्यक्ष भण्डारीले बताए । “जसरी विश्वप्यापी रुपमा पोखराको शाहसिक खेल प्याराग्लाइडिङको चर्चा छ, कोरोनाका कारण त्यो धराशायी वनेको छ” उनले भने–“देशकै अर्थतन्त्रमा प्रभाव पार्ने शाहसिक खेललाई जोगाउन यति वेला प्यााग्लाइडिङमा आश्रितहरुलाई सहुलियतको खाँचो छ ।”

१८ औं एशियाली खेलकुदमा मुलुकको लागि पदकको विगुल फुक्ने प्याराग्लाइडिङको व्यवसाय सङ्गै खेल गतिविधी ठप्प हुँदा खेलाडीमा निरासा उत्पन्न भएको बताउँछन नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिब शैलेन्द्र राउत । “कोरोनाको प्रभाव संगै पोखराका सवै शाहसिक खेलकुद संगै प्याराग्लाइडिङ समेत ठप्प हुन पुग्यो” उनले भने–“यतिवेला व्यवसायिक खेलाडीहरु जो प्याराग्लाइडिङ वाट समेत आश्रित थिए उनीहरु संकटमा परेका छन ।” प्याराग्लाइडिङमा गर्ने मजदुर, केही पाइलट लगाएत केही राहत माग्ने स्थितीमा पुगेको उनले बताए । “केही नयाँ खेलाडी भर्खरै २०–२२ लाख खर्च गरेर प्याराग्लाइडिङ सिकेका थिए” उनले थपे–“ति खेलाडी समेत संकटमा परेका छन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close