सिपिएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन

पोखरा । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन ।

गुयाना अमेजन वारियर्स विरुद्ध शनिबार भएको खेलमा सन्दीपले बलिङ गर्दै दुई विकेट लिएका छन । उनले निकै किफायती बलिङ गरे पनि उनको टोली जमैका तलावाज भने गसयाना सङ्ग १४ रनले पराजित भएको छ ।

सन्दीपले चार ओभर बलिङ गर्दै ८ रन मात्र खर्चिदै शेरफेन रदरफोर्डलाई ६ रनमा तथा क्रिस ग्रिनलाई २ रनमा पेभेलियन फर्काएका थिए। नवौँ ओभरमा बलिङ सम्हालेका सन्दीपले पहिलो ओभरमा मात्र २ रन दिँदै किफायती वलिङ गरे । आफ्नो स्पेलको दोश्रो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए । उनले उक्त ओभरमा १ रन मात्रै दिएका थिए ।

सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै ३ रन मात्रै खर्चिए । खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका उनले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे । उक्त ओभरमा सन्दीपले २ रन मात्र विपक्षीलाई दिए ।

टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेको गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो ।

एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो । गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाए । यता बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन–तीन तथा आन्द्रे रसेलले एक विकेट लिए

विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए । सन्दीपले खेलको १६औँ ओभरमा जमैकाका लागि ब्याटिङ गर्न मैदान उत्रिएका थिए । उनले मात्र ३ बल खेल्दै डक आउट भए । सन्दीपले हालसम्म ३ खेलमा ४ विकेट लिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close