कोरोनाका कारण पूर्व भारतिय क्रिकेटर चौहानको निधन

पोखरा । भारतका पुर्व क्रिकेटर चेतन चौहानको कोरोनाका कारण निधन भएको छ ।

भारत उत्तर प्रदेशका केविनेट मन्त्री समेत रहेका उनको ७२ वर्षको उमेरमा निधन भएको हो । प्रदेशका सैनिक कल्याण, होमगार्ड तथा नागरिक शुरक्षा मन्त्री रहेका चौहानलाई कोरोना पुष्टि भएपछि गुरुग्राम मेदान्त अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आएको थियो ।

भारतका लागि न्युजिल्याण्ड विरुद्ध सन १३ जुलाई १९८१ मा अन्तिम टेष्ट म्याच खेलेका चौहानको आज संस्कार गरिने तयारी भइरहेको भारितय सञ्चार माध्यमले जनाएका छन ।

उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ तथा उनका समकक्षी क्रिकेटरहरुले दुःख व्यक्त गरेका छन ।
फायल तस्विरः एजेन्सि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close