एन्फा कास्कीले वाँड्यो ५० जनालाई राहत, एक जना खेलाडीलाई १ हजार ५ सय

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा शुक्रबार एन्फा कास्कीले पोखरामा राहत वितरण गरेको छ ।

कोभिड १९ ले प्रभावित खेलाडी, अफिसियल र कर्मचारी गरि ५० जनालाई राहत वितरण गरिएको एन्फा कास्कीका उपाध्यक्ष एवम कार्यक्रम संयोजक इश्वर गुरुङले बताएका छन । राहत प्राप्त गर्नेहरुमा ५ जना महिला खेलाडी, ७ जना अफिसियल र ३५ जना पुरुष खेलाडी तथा ३ जना पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारी हुन ।

कास्की एन्फामा आवद्ध २२ वटा क्लवहरुका खेलाडी मध्ये सबै भन्दा वढी राहत आवश्यक पर्ने खेलाडीलाई राहत वितरण गरिएको उपाध्यक्ष गुरुङले बताए । “यो निकै कठिन काम थियो हामीलाई समय पनि लाग्यो” उनले भने–“कुन क्लवको कुन खेलाडीलाई समस्या छ भन्ने कुरा पहिचान गर्न आवश्यक थियो, त्यही भएर पनि राहत वाँडन केही ढिलाई भयो ।” उनले एन्फा केन्द्रले राहत वितरणका लागि नगद ७५ हजार सहयोग जानकारी दिए ।

केन्द्रको सहयोग प्राप्त भएपछि एन्फा कास्कीले उनीहरुलाई जनही नगद १ हजार ५ सय चेक मार्फत प्रदान गरेको उपाध्यक्ष गुरुङले बताए । उनले भने–“हुन त यो रकम सानो रकम होला, तर यो खेलाडीलाई होसला बढाउन निकै सहयोग पुग्छ ।” सोही कार्यक्रममा लायन्स क्लव अफ पोखरा कन्टिनियलले समेत खेलाडीहरुलाइ क्लवका तर्फबाट जनही नगद १ हजार प्रदान गरेको थियो ।

राहत प्राप्त गर्ने खेलाडी मध्येकी एक खेलाडी लक्ष्मी गुरुङले एन्फाबाट ढिलै भएपनि यस्तो सहयोग पाउँदा आफुलाई निकै हौसला मिलेको बताइन । उनले भनिन–“धेरै दिन भयो मैदानमा बल संग जुध्न त पाएका छैनौ तर घरमानै अभ्यास गर्न छोडेका भने छैनौ” उनले थपिन–“कम्तिमा फुटसल खेलेर अभ्यास राम्रो नै हुन्थ्यो होला तर त्यो पनि बन्द भएर भने जस्तो गरि नियमित अभ्यास हुन सकेको छैन ।”

राहत प्राप्त गर्ने मध्येकी एक खेलाडी संगिता गुरुङले समेत संधै विहान वेलुका हुने अभ्यास खेलहरु नहुँदा निकै दुःख लागेको बताइन । “संधै विहान वेलुका मैदान आँउन मन त लाग्छ” उनले भनिन–“तर के गर्नु रंगशाला पनि बन्द छ, कोभिडको समस्या पनि वढ्दैछ ।” सानो तिनो जागिर संगै कास्कीको फुटबल धान्दै आएका महिला खेलाडीहरु कोभिड १९ पछि कोही गाउँ फर्किन वाध्य छन भने कोही जागिर समेत गुमाएर घरमा नै वस्न वाध्य भएका छन ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, लायन्स क्लव अफ कन्टिनियलका अध्यक्ष प्रगत कायस्थ, सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी लगाएतले कोभिड १९ को महामारीको बेलामा यस्तो सहयोगले खेलाडीको हौसला माथी उठाउन सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close