साग विजेता पाकिस्तानी तिन खेलाडीको पदक खोसियो, चार वर्ष प्रतिवन्ध

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता पाकिस्तानका तिन खेलाडीको पदक खोसिएको छ भने उनीहरुलाई चार वर्षका लागि कुनै पनि खेल खेल्न अयोग्य हुने गरि प्रतिवन्ध लगाइएको छ ।

नेपालमा गत २०७६ मंसिर १५ देखि २४ गते सम्म सञ्चालन भएको सागमा पाकिस्तानका तिन खेलाडीले प्रतिवन्धित औषधी प्रयोग गरेको प्रमाणित भएपछि पदक खोसिएको र चार वर्षका लागि कुनै पनि अन्तर्राष्ट्रिय सहभागिता हुन नपाउने गरि प्रतिवन्ध लगाइएको हो ।

नेपाल ओलम्पिक कमिटीका महासचिब निलेन्द्रराज श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तीमा उक्त कुराको जानकारी दिंदै खेलाडीले प्रतिवन्धित औषधी प्रयोग गरेको स्विकार गरेपछि पदक खोसिएको र उनीहरुलाई २०२३ डिसेम्वर सम्म अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रतिवन्ध लगाइएको छ ।

पदक खोसिएका खेलाडीमा सामी उल्लाह, मोहमद नइम र मेहवुव अली रहेका छन । एथलेटिक्स खेलाडी सामीले १०० मिटर स्प्रिन्ट दौडमा काँश्य पदक जितेका थिए भने मोहमदले ११० मिटर हर्डल रेसमा स्वर्ण पदक विजेता थिए । त्यसै गरि ४०० मिटर हर्डल रेसका स्वर्ण पदक विजेता मेहवुवले स्वर्ण पदक जितेका थिए ।

एन्टी डोपिङ परिक्षणका लागि उनीहरुको नमुना कतारको राजधानी दोहा स्थित एन्टि डोपिङ ल्यावमा पठाइएको महासविच श्रेष्ठले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close