‘पोखरा वडा नं २८ को रोला र ढोडेनी खोला साहसिक खेलको गन्तव्य’–सभापति कोइराला

पोखरा । गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य हुने बताएका छन ।

पोखरा २८ माँझठानामा अवस्थित रोलाखोला र ढोडेनी खोला झरना क्यानोनिङ लगायतका साहसिक खेलको पर्यटन गन्तव्यस्थलको लागि महत्वपूर्ण ठाउँ रहेको सभापती कोइरालाले बताए । त्यहाँ रहेको झरनामा आइतबार क्यानोनिङ गरेपछि उनले भने–“लुकेर रहेका पर्यटकीय गन्तब्यहरुको पहिचान गर्दै पर्वद्धन गर्नुपर्ने समय आएको छ ।” त्यसठाउँको विकासको लागि आफुले विशेष पहल थाल्ने उनले बताए ।

क्यानोनिङ अबलोकनको लागि पुगेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले भुर्तेल गाउँ र वास्तोला गाउँमा रहेको अत्यन्तै रमणीय रोलाखोला र ढोडेनी खोला झरना, क्यानोनिङ लगायतका साहसिक खेलको लागि महत्वपुर्ण रहेको बताए । उनले त्यस क्षेत्रको विकासको लागि आफुले समन्वय गर्ने जनाए ।

साहसिक पर्यटनमा रुचि राख्नेहरुको लागि पोखरा महानगरभित्रै रहेको क्यानोनिङ आर्कषर्णको नयाँ गन्तब्य हुने वडानं २८ का वडाध्यक्ष निर्मल दियालीको भनाई छ ।

६० मिटर अग्लो रहेको झरनाबाट अहिले सम्म दुईसय जनाले क्यानोनिङ गरेको क्यानोनिङ मास्टर रोशन त्रिपाठीले जानकारी दिए । २०७५ सालदेखि त्यहाँ बाट क्यानोनिङ हुने गरेको भएपनि अहिले लकडाउन संगै चर्चामा आएको त्रिपाठीको भनाई छ । नेपालमा कास्की, लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा क्यानोनिङ गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close