पोखरामा हुने लायन्स कप भलिबलको तयारी पुरा, गण्डकीसहित ६ टोली भिड्दै

पोखरा स्पोर्टस । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको छ । लायन्स क्लब अफ डिष्ट्रिक्ट ३२५ एमले मंगलबार एक पत्रकार भेटघाट गरी तयारी पुरा भएको जनाएको हो ।

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको क्लब स्तरीय भलिबल पहिलो पटक आयोजना गर्न लागेको लायन्स क्लब अफ डिष्ट्रिक्ट ३२५ एमका गर्भनर चण्डी प्रसाद अर्यालले जानकारी दिएका छन् ।

बैशाख १८ गतेदेखि २२ गते सम्म आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशसहित विभागिय दुई विदेशी टोली इरानको क्लब र भारतको एक क्लबको सहभागिता हुनेछ । त्यसै गरी विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबको प्रतियोगितामा सहभागिता रहेको गर्भनर अर्यालले जानकारी दिए ।

सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइने दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरूङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । उपविजेता टोलीलाई २ लाख ४४ हजार ४ सय ४४ रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४ सय ४४ र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ८ हजार ४ सय ४४ पाउनेछन् ।

प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।

सामाजिक सेवा भावमा समर्पित लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close