एनभिए कपका लागि गण्डकीबाट खेलाडीको घोषणा, महिला टिममा तिन भारतिय खेलाडी

पोखरा स्पोर्टस । सातौं आरबिबी एनभिए कप च्याम्पियनशिपका लागि गण्डकी प्रदेशबाट महिला तथा पुरुष खेलाडीको नाम घोषणा गरिएको छ ।

नेपाल भलिबल संघको आयोजनामा काठमाण्डौमा यहि पौष २४ देखि माघ १ गते सम्म सञ्चालन हुने एनभिए कपका लागि खेलाडीको नाम घोषणा गरिएको गण्डकी प्रदेश भलिबल संघले जनाएको हो । गत पौष ६ गतेबाट १० गते सम्म पोखरामा सम्पन्न ‘प्रथम गण्डकी प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिता’बाट पुरुष खेलाडी छनौट गरिएको हो भने महिला खेलाडीहरु भने अनुभवका आधारमा सोझै छनौट गरिएको अध्यक्ष नविन गुरुङले जनाएका छन् ।

गण्डकीको महिला टिममा भने तिन भारतिय खेलाडी समावेश गरेको जनाएको छ । पहिलो पटक भारतिय खेलाडी समावेश गरिएको बारे पोखरा स्पोर्टसलाई जानकारी दिंदै अध्यक्ष गुरुङले गण्डकीको टिमलाई मजबुती प्रदान गर्न भारतिय खेलाडी समावेश गरिएको बताए । उनले भने–“यतिबेला गण्डकीको महिला टिम केही कमजोर रहेको यथार्थ हो । विभागिय टिमहरुलाई चुनौती दिन र खेलाडीहरुले केही नयाँ कुरा सिक्नका लागि भारतिय खेलाडी समावेश गरेका हौं । यसले खेलाडीहरुको मनोबल उच्च रहने हाम्रो विश्वास रहेको छ ।”

टिममा समावेश गरिएका भारतिय खेलाडीहरु सबै दक्षिण भारतिय चेन्नईका हुन् । ति खेलाडीहरुमा ए.टी अल्फोन्सा, इ.पी शनिसा र के.एस. सार्गा रहेका छन् ।

त्यस्तै महिला खेलाडीहरुमा नेपाली महिला राष्ट्रिय टिमकी सफल कप्तानको रुपमा रहेकी अरुणा शाही, काजोल छन्त्याल, ममता डङ्गौरा, सस्मी पुन, मनिषा तिलिजा, सोइङ थापा, रेबिना घर्ती, एलिशा रोक्का मगर र रस्विना गुरुङ रहेको संघले जनाएको छ ।

यता पुरुषतर्फ भने गण्डकीका सदाबहार तथा अनुभवी खेलाडीको रुपमा रहेका स्याङजाका हरि पाण्डे अलराउण्डरको भूमिकामा छनौट भएका छन् । उनी संगै अलराउण्डरमा पर्वतका सञ्जय परियार छनौट हुन सफल भए । त्यस्तै ओपन स्पाइकरमा चार जना छनौट भएका मध्ये घनश्याम चौधरी (नवलपुर), रवी केसी (बागलुङ), सन्तोष थापा मगर (स्याङजा) र किरण गुरौ (नवलपुर) रहेका छन् ।

यसै गरी स्पाइकरतर्फ हिमाल सुनारी (नवलपुर), दिपक मल्ल ठकुरी (बागलुङ) र इन्द्र बहादुर विक (बागलुङ) रहेका छन् । सेटरतर्फ सुजन चोखाल (म्याग्दी) र मिन सुनार (बागलुङ) छनौट हुन सफल हुँदा कास्कीका कुनै पनि खेलाडी गण्डकी प्रदेशको टिममा अटाउन भने सकेनन् ।

पुरुष खेलाडी छनौट समितिमा संघका उपाध्यक्ष हरि कुमार श्रेष्ठको संयोजकत्वमा गठित तिन सदस्यिय समितीको सदस्यमा प्रशिक्षक रमेश केसी र राजेन्द्र जिशी रहेका थिए ।
फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close