
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी (एन.एस.जे.एफ)ले एक विज्ञप्ती प्रकाशित गरि खेल पत्रकार प्रकाश तिमिल्सिनामाथि अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले काठमाडौंमा गरेको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हाम्रो खेलकुदका सम्पादक समेत रहेका तिमिल्सनालाई फोन वार्ता गर्ने एन्फाका पुर्व अध्यक्ष थापाले गालि गलौज सहित अभद्र व्यववहार गरेका थिए भने थापाका छोरा अभिषेकले समेत हाम्रो खेलकुदको कार्यालय परिशरमा गएर वादविवाद गरका थिए । मञ्चले उक्त घटना सिंगो पत्रकारिता माथी ठाडो प्रहार भन्दै निन्दा गरेको छ ।
नितान्त समाचार संकलनका लागि गालीगलौज र अभद्र व्यवहार तथा उनका छोराले गरेको वादविवादको घटनाप्रति घोर भत्र्सना गर्दै स्वतन्त्र पत्रकारिता रक्षाको लागि माग गर्दै मञ्चले भनेको छ–“कोरोना भाइरस (कोभिड–१९) को कारण खेल पत्रकार समेत नराम्ररी प्रभावित भएको जगजाहेर रहेकै अवस्थामा विषम परिस्थितिमा समेत बिनाकारण पत्रकारमाथि हस्तक्षेप गरी गिराउने क्रियाकलाप कुनै पनि हालतमा क्षम्य हुन सक्दैन ।”
मञ्चका अध्यक्ष एकराज गिरी द्वारा हस्ताक्षरित विज्ञप्तीमा आगामी दिनमा यसप्रकारका निन्दनीय क्रियाकलाप नदोहो¥याउन चेतावनी दिँदै खेल पत्रकारसहित सिंगो स्वतन्त्र पत्रकारिता रक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित संघ, प्रदेश र स्थानीय सरकारसँग माग गरेका छन ।
