
पोखरा । खेलकुद विकास विधेयक २०७७ अनुसार नेपालको खेलकुद इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिबका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरे संगै २७ जनाले सदस्य सचिब बन्न पाउँ भन्दै आवेदन दर्ता गराएका छन ।
मन्त्रालयले राखेप सदस्य सचिबका लागि तिन सदस्यिय छनोट समिती समेत गठन गरि शुक्रबार दर्ता आह्वान गरे संगै तिन महिला सहित २७ जनाले आवेदन दर्ता गराएका हुन । छनोट समितीले चााडैनै तिन जनाको नाम मन्त्रालयमा सिफारिश गर्ने र अर्को साता बस्ने मन्त्री परिषदले नामो टुङ्गो लगाउने जनाइएको छ ।
राखेप सदस्य सचिबका लागि पोखराका तेज गुरुङले आवेदन दर्ता गराएका छन । नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङको खेलकुदमा लामो अनुभव बोकेका व्यक्तित्व हुन । नेपाली खेलकुदको माटोमा भिजेका गुरुङ आज भन्दा ५ वर्ष अघि पनि सदस्य सचिबका लागि चर्चामा थिए । तर केशव विष्टले गुरुङलाई उछिन्दै सदस्य सचिब बनेका थिए ।
नेपाल ओलम्पिक कमिटीमा दुई वर्ष सदस्यको कार्यकाल र यतिबेला उपाध्यक्षको भुमिकामा रहेका गुरुङ नेपाल खेलकुद महासंघको सल्लाहाकार समेत हुन । खेलकुदमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बोकेका गुरुङ अग्रज खेलाडीहरुको छाता संस्था भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष रहेका छन । गत वर्ष सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा सेफ दि मिसनको भुमिका सङ्गै उनी मुल आयोजक समितीका सदस्य समेत रहेका थिए ।
यसै गरि निवेदन दर्ता गराउनेमा निवर्तमान सदस्य सचिब रमेश कुमार सिलवाल समेत रहेका छन । उनले वुधबार आफ्ना प्रतिनिधी मार्फत निवेदन दर्ता गराएका हुन । खेलकुद विधेयक आए संगै करिव एक वर्षको कार्यकाल सदस्य सचिबको कार्यभार सम्हालेका उनले आफ्नो चारवर्षको कार्यकाल पुरा नहुँदै विदा दिएकोमा मन्त्री संग रोष समेत प्रकट गर्दै आफु सदस्य सचिब बन्न कुनै आवेदनको खाँचो समेत नर्पने बताउँदै आएका थिए । प्रधानमन्त्री केपी ओलीका निकट रहेका उनी पहिलो दावेदारका रुपमा हेरिएको छ ।
त्यस्तै पूर्व राष्ट्रिय महिला भलिबल खेलाडीद्वय अन्जु श्रेष्ठ र निलम बज्राचार्यले पनि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवको पदमा आवेदन दिएका छन् । श्रेष्ठ नेपाली महिला भलिबल टिमकी पूर्व कप्तान हुन । निवेदन दर्ता गराउनेमा नेपाल क्रिकेट संघको बागमतीका कोषाध्यक्ष अनिल अधिकारी र रोशन महर्जन, अच्युत लामिछाने, मिना श्रेष्ठ, हर्क बहादुर राई, रवि राजकर्णिकार, अच्युत खनाल, मेघराज पौडेल, लिल बहादुर थापा, शिवराज भट्ट लगाएत रहेका छन ।
यसै गरि रामेश्वर श्रेष्ठ, मन बहादुर गुरुङ, विजय कुमार राई, सानुराजा केसी, किशोर शाही, सुदिल शाही, रमेशमान डंगोल, धु्रवराज न्यौपाने, खेमराज अधिकारी, राम पुडाशैनी, सुनिल नर्कमी, रणबहादुर चन्द, दिपेन्द्र ढकालले समेत आवेदन दिएका छन ।
