खेलकुद मन्त्री विश्वकर्मा पहिरोका घाइतेहरु भेट्न र खेलकुदका विभिन्न पुर्वाद्धार अवलोकन गर्न पोखरामा

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार(विश्वकर्मा पहिरोका घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन तथा विकास निर्माणको अनुगमन गर्न यति बेला पोखरा छन ।

गत असार २६ गते राति पोखरा महानगरपालिका–२५ सराङकोटमा गएको पहिरो र कास्की निर्वाचन क्षेत्र नं ३ का विभिन्न विकास निर्माणका कामहरुहरुको अवलोकनका लागि पोखरा आएका हुन

मन्त्री विश्वकर्माले पहिरोमा घाइते भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेकाहरुलाई भेट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

पहिरोले टङ्कबहादुर थापाको घर पुरिदा पाँच जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएकामा दुई जनाको मणिपाल तथा तीन जनाको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा घाइते भएका तीन जना भने उपचारपछि घर फर्किएका छन् । मणिपालमा रश्मी र आशा थापा तथा पश्चिमाञ्चल अस्पतालमा पिङ्की र पिरिसा थापा तथा सरस्वती श्रेष्ठको उपचार भइरहेको छ ।

त्यस अवसरमा मन्त्री विश्वकर्माले सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउँदै घरबार विहिन भएकाहरुलाई सुरक्षित आवास कार्यक्रम अन्तर्गत व्यवस्थापन गरिने जानकारी दिए । उनले अन्नपुर्ण गाउँपालिकामा पहिरोका कारण जोखिम तथा समस्यामा परेका नागरिकहरु समेत भेट गरि यथासिघ्र आफुले पहल थाल्ने बताएका थिए ।

यसै गरि मन्त्री विश्वकर्माले कास्की निर्वाचन क्षेत्र नं ३ का विभिन्न विकास निर्माणका कामहरुको समेत अवलोकन गरेका छन । मन्त्री विश्वकर्माले संघीय निर्वाचन क्षेत्र पुर्वाधार विषेश कार्यक्रम अन्तर्गत (ठोट्नेखोला -ढाके) ग्रामीण सडक को २५३ मिटर ढलान बाटो अवलोकन गरेका हुन । उक्त सडक ५० लाखमा निर्माण सम्पन्न गरिएको हो ।

यसै गरिका विभिन्न खेलमैदान अन्तरगत अन्नपुर्ण गाउँपालिकामा निर्माणाधिन माछापुच्छ्रे खेल मैदानको प्यारापिट र अन्नपुर्ण ५ नयाँपुल स्थित अभिमान मेमोरियल माविको खेलमैदान अवलोकन गरेका थिए । अन्नपुर्ण मावीको खेल मैदानमा ५० लाखमा प्यारापिट निर्माण र अभिमान मेमोरियल मावीमा १० लाखमा तारजाली र पर्खाल निर्माणको काम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close