
पोखरा स्पोर्टस । नेपाल भलिवल टिमकी कप्तान पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस विद्याको अवार्ड जितेकी छन ।
खेलकुद पत्रकार मञ्चद्वारा मंगलवार आयोजित स्पोर्टस अवार्डमा आफ्ना चार जना प्रतिष्पर्धीलाई उछिन्दै अवार्ड जितेकी हुन । जित सँगै उनले मोटरसाइकल समेत प्राप्त गरेकी छन । निकै प्रतिष्पर्धाका विच उनले यो अवार्ड जितेकी हुन ।
अवार्ड ग्रहण गर्दै अरुणाले आफूलाई अवार्ड जिताउन सहयोग पुर्याउने सवैलाई आभार व्यक्त गरेकी छन । उनका प्रतिष्पर्धीमा सागमा चार स्वर्ण सहित ९ वटा किर्तिमानी पदक जित्ने पौडी खेलकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्री भण्डारी र वास्केटवलकी कप्तान समेत रहेकी सदिना श्रेष्ठ रहेका थिए ।
