
पोखरा । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिबले अव सदस्य सचिब बन्नका लागि सबैका लागि बाटो खुल्ला भएको बताएका छन ।
खेलकुद विकास विधेयक २०७७ को प्रमाणीकरणको एक साता पछि पुरानो विधेयक खारेजीमा परेपछि नयाँ विधेयक अनुसार सदस्य सचिब बन्न सबैका लागि बाटो खुलेको मन्त्री विश्वकर्माले बताएका हुन । उनले भने–“नयाँ ऐनले परिषदको सदस्य सचिब हुन सबैलाई बाटो खुल्ला गरेको छ, अव सवै नयाँ ऐन अनुसारनै प्रक्रिया अघि वढ्छ ।”
मन्त्री विश्वकर्माको भनाई अनुसार अव नयाँ विधेयक अनुसारनै राखेपले नयाँ सदस्य सचिब पाउने भएको हो । हालका सदस्य सचिब रमेश सिलवाल पदमुक्त नै भएको बताउँदै उहाँले पनि त्यो पदमा बस्न इच्छुक भएमा प्रक्रिया अनुसार नै आउनुपर्ने उनले बताए ।
हिजो विहिवारबाट लागु भएको विधेयकले वर्तमान सदस्य सचिब रमेश सिलवाल सहित वोर्ड सदस्यहरुको पद सकिएको छ । मन्त्री विश्वकर्माले खेलकुदमा कुनै अन्योलता नभएको बताउँदै अव सबै प्रक्रियाहरु नयाँ ऐन अनुसारनै शुरु हुने दावी गरे । उनले भने–“खेलकुदमा त्यस्तो अन्योलता छँदै छैन” उनले प्रतिप्रश्न गरे–“खेलकुदमा कहाँ छ र त्यस्तो अन्योलता ?” तर विधेयक आउनु अघि उनले सदस्य सचिब र उपाध्यक्षको पद कार्यकाल नसकिए सम्म यथावत रहने बताउँदे आएका थिए ।
खेलकुद विकास विधेयक २०७७ अनुसार सदस्य सचिब बन्नका लागि स्नातक तह उर्तिण हुनुपर्ने र खेलकुदमा कम्तिमा पनि पाँच वर्षको अनुभव र ३० वर्ष उमेर भएको हुनुपर्नेछ । विधेयकले हालको सदस्य सचिबको अधिकारलाई खुम्च्याउँदै ७ सदस्यिय कार्यकारी समितीमा पुर्याएको छ ।
